लगानीकर्ताको पक्षमा नेपाल धितोपत्र बोर्डले फेरी केही महत्वपूर्ण निर्देशन जारी गरेको छ । बोर्डले सेयर लगानीकर्तालाई तीन दिन भित्र सेवा प्रदान गर्न निक्षेप सदस्य तथा शेयर रजिष्ट्रारहरुलाई ९ बुँदे निर्देशन दिएको हो ।
लगनीकर्ताहरुको गुनासो
- सेयर लगानीकर्ताहरुबाट डिम्याट खाता खोल्न लामो समय लाग्ने गरेकोे
- लाभांश निर्देशन भौचर (डीआईएस) ढिलो गरी प्राप्त हुने गरेको
- बोनस सेयर तथा हकप्रद सेयर हितग्राही खातामा ढिलो जम्मा हुने गरेको
- निक्षेप सदस्यको कार्य गर्ने बैंकका शाखाहरुले सेवा प्रदान गर्न इन्कार गर्ने गरेको तथा हितग्राही खातामा शेयर हस्तान्तरण नगरेको
बोर्डको निर्देशन
- हितग्राही खाता खोल्न तोकिए अनुरुप निवेदन प्राप्त भएको बढीमा ३ कार्यदिनभित्र हितग्राही खाता खोली डीआईएस समेत उपलब्ध गराउनु
- निक्षेप सदस्यले हितग्राहीबाट तोकिएअनुरुप अभौतिकीकरण गर्न प्राप्त निवेदन सम्पूर्ण प्रकृया पूरा गरी बढीमा ७ कार्यदिनभित्र हितग्राहीबाट प्राप्त निवेदन तथा कागजात सम्बन्धित संगठित संस्था वा सेयर रजिष्ट्रार समक्ष अनिवार्य रुपमा पठाउने व्यवस्था गर्नु
- सो अनुरुप निक्षेप सदस्यबाट प्राप्त भएको निवेदन नियमानुसार बढीमा ३ दिन भित्र जाँचबुझ गरी अभौतिकीकरण गर्न योग्य भएमा अभौतिकीकरणका लागि स्वीकृत गरी सोको जानकारी निक्षेप सदस्यलाई अनिवार्य रुपमा दिने व्यवस्था गर्नु
- निक्षेप सदस्यको रुपमा रहेका धितोपत्र दलाल व्यवसायीले धितोपत्र कारोवार गर्ने लगानीकर्तालाई आफ्नै संस्थामा हितग्राही खाता खोल्न अनिवार्य नगर्न/नगराउनु
- निक्षेप सदस्यको रुपमा रहेका बैंक तथा वित्तीय संस्थाले हितग्राही खाता खोल्नु पूर्व आर्थिक कारोवारको लागि लगानीकर्तालाई आफ्नै बैंक वा कुनै निश्चित बैंक तथा वित्तीय संस्थामा बैंक खाता खोल्न अनिवार्य नगर्न नगराउनु
- निर्देशनअनुसार सम्बन्धित संस्थाले लगानीकर्तालाई सेवा नदिएमा
धितोपत्रको अभौतिकीकरण, राफसाफ तथा फस्र्यौट सम्बन्धी कार्यमा कुनै ढिलाई भएमा वा तल तोकिएको दिनसम्म पनि सम्वन्धित काम नभएमा बोर्डको हटलाइन १६६०–०१–४४४३३ मा गुनासो दिन सकिने बोर्डले जनाएको छ ।



