सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भदौ १२ गते निष्काशन हुने भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित दरका १ करोड २० लाख रुपैयाँ बराबरका १ लाख २० हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । जसमध्ये, ६ हजार कित्ता सामूहिक लगानी कोष र ४ हजार ८ सय कित्ता शेयर संस्थाका कर्मचारीलाई छुट्याइएको छ । बाँकी शेयरका लागि मात्रै सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
आवेदनकर्ताले घटीमा ५० कित्ता र बढीमा १ हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने बताइएको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।


