May 23rd, 2021

करिब २ गुणाले ओभर सब्सक्राइब भयो प्रभु सेलेक्ट फण्ड


बैंकिङ खबर/जेष्ठ ५ गतेबाट सार्वजनिक निष्काशन भएको प्रभु सेलेक्ट फण्डको निष्कासन आइतबारबाट बन्दभएको छ । आवेदन दिने चौथो तथा अन्तिम दिन पाँच बजे सम्म यो फण्ड करिब २ गुणाले ओभर सब्सक्राइब भएको छ । १० करोड इकाईको माग गरिएकोमा चौथो तथा अन्तिमदिन अपरान्ह ५ बजेसम्म १९ करोड  ७८ लाख ५८ हजार २ सय ८० इकाईका लागि आवेदन परेको छ । ८५ हजार ५ सय ५४ जनासर्वसाधारण लगानी कर्ताहरुबाट १ अर्ब ८२ करोड ८५ लाख ८२ हजार ८ सय रकम बराबरको १८ करोड २८ लाख ५८ हजार २ सय ८० इकाई खरिदकालागि आवेदन परेको हो । प्रभु क्यापिटलले जेष्ठ ५ गतेदेखि प्रतिइकाई रु. १० अंकित दरमा १ अर्बबारबरको १० करोड इकाई म्युचुअल फण्ड बिक्रीमा ल्याएको हो ।
यो फण्डले १५ प्रतिशत इकाईमध्ये कोष प्रबद्र्धक प्रभु बैंक लिमिटेडलाई रु. १४ करोड लगानी वापत१ करोड ४० लाख इकाई र कोष व्यवस्थापक प्रभु क्यापिटललाई रु. १ करोड लगानी वापत १० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरिएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]