Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कोभिड महामारी र अस्थीर राजनीतिबीच सेयरबजारमा उछाल, नेप्से २८ सय माथि

२०७८ जेष्ठ ९ गते

बैंकिङ खबर । कोभिड महामारी र अस्थीर सरकारको चपेटामा पनि सेयर कारोबार सबैभन्दा माथि पुगेको छ । नेप्से परिसूचक हालसम्मकै ऐतिहासिक नयाँ उचाइमा पुगेको छ । आइतबार ११ अर्ब ६५ करोड ५८ लाख रूपैयाँको कारोबार भएको छ । नेप्से परिसूचकले आइतबार २८ सय २० माथि पुगेर नयाँ रेकर्ड कायम गरेको छ । आइतबार कारोबार खुलेको १० मिनेट नबित्दै करिब ५० अंकले नेप्से परिसूचक घटेको थियो । त्यसपछि परिसूचक बढेर २ हजार ८ सय २० मा पुगेको छ । यो हालसम्मकै सबै भन्दा माथिको रेकर्ड हो ।

Ad