May 23rd, 2021

मिर्मिरेको मोवाइल बैंकिङ विधिवत शुरु, घरबाटै सेवा लिन सकिने

बैंकिङ खबर/काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले मोवाइल बैंकिङ सेवा सुचारु गरेको छ । संस्थाका अध्यक्ष टेकबहादुर बोहराले आफ्नो मोवाइलमा मामिर्मिरे स्मार्ट एप डाउनलोड गरि रजिष्टर गरेपछि विधिवत् रुपमा उक्त सेवा संचालनमा ल्याइएको हो । 
कोभिडले देशव्यापी रुपमा निषेधाज्ञा तथा शिल भइरहेको अवस्थामा आफ्ना ग्राहक सदस्यहरुलाई आर्थिक कारोवार गर्न सहजहोस् भन्ने उद्देश्यले सेवा सुचारु गरिएको संस्थाका अध्यक्ष बोहराले बताउनुभयो ।

आजैबाट सदस्यहरुले मोवाइल बैंकिङ मार्फत आफ्नो स्टेटमेन्ट हेर्ने, मोवाइलमा व्यालेन्स टपअप गर्ने, टेलिभिजन तथा इन्टरनेट, टेलिफोनको बील भुक्तानी गर्ने, इसेवा, खल्ती तथा फोन पे जस्ता डिजिटल वालेटहरुमा रकम ट्रान्सफर गर्ने, क्युआर कोडबाट भुक्तानी गर्ने, ५० भन्दाबढि बैंक तथा वित्तीय संस्थाहरुमा रकम राख्न तथा झिक्न र विजुलीको वील भुक्तानी गर्न, घरेलु हवाइ टिकट बुकिङ गर्ने लगायत दुई दर्जन भन्दा बढि सेवाहरु घरमा बसेर नै लिन सकिने संस्थाका सहायक कार्यकारी अधिकृत बिर्खबहादुर बोहराले जानकारी दिनुभयो ।
इन्फो डेभलपर्ससँगको सहकार्यमा तयार पारिएको मोवाइल बैंकिङ सेवा सरल तथा ग्रामीण क्षेत्रका न्युन साक्षर भएका सदस्यहरुले पनि सहजै चलाउन सकिने तरिकाले बनाइएको संस्थाका सूचना तथा प्रविधि विभाग प्रमुख अनुप श्रेष्ठले बताउनुभयो ।
आगामी दिनमा स्पट बैंकिङ तथा अन्य लघुवित्त मैत्री तरिकाले सेवा अद्यावधिक गर्दै लैजाने र वर्तमान अवस्थामा मिर्मिरेले सेवा सुचारु गरेर ठूलो फड्को मारेको इन्फो डेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले बताउनुभयो ।
सदस्यहरुले एन्ड्रोइड फोनमा गुगलको प्ले स्टोर तथा आइफोनमाएप स्टोर बाटमिर्मिरे स्मार्ट एपटाइपगरि उक्त एप्लीकेशन डाउनलोड गर्न सक्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]