May 21st, 2021

प्रभु सेलेक्ट फण्डको इकाईमा तेस्रो दिन १४५ प्रतिशतको आवेदन


बैकिङ खबर/यहि जेठ ५ गतेबाट निष्काशन भएको प्रभु सेलेक्ट फण्डको इकाई तेस्रो दिन नै १४५ प्रतिशतले ओभर सब्सक्राइब भएको छ । १० करोड इकाईको माग गरिएकोमा तेस्रो दिनको अपरान्ह ४ बजेसम्म १४ करोड ५६ लाख २० हजार ६०० इकाईका लागि आवेदन परेको छ । ५६ हजार ३ सय १२ जना सर्वसाधारण लगानी कर्ताहरुबाट १ अर्ब ३० करोड ६२ लाख ६ हजार रकम बराबरको १३ करोड ६ लाख २० हजार ६ सय इकाई खरिदका लागि आवेदन परेको हो । प्रभु क्यापिटलले जेष्ठ ५ गतेदेखि प्रति इकाई रु. १० अंकित दरमा १ अर्ब बारबरको १० करोड इकाई म्युचुअल फण्ड बिक्रीमा ल्याएको हो ।
यो फण्डले १५ प्रतिशत इकाईमध्ये कोष प्रवर्धक प्रभु बैंक लिमिटेडलाई १ करोड ४० लाख र कोष व्यवस्थापक प्रभु क्यापिटललाई १० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरिएको हो । यो फण्डमा लगानी कर्ताहरुले न्यूनतम १०० इकाई देखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाई खरीदकालागि आवेदन दिने अन्तिम समय छिटोमा जेष्ठ ९ गते आइतबारसम्म रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]