रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सेयरधनीलाई ६ दशमलब ३१५७ प्रतिशत बोनस सेयर दिने भएको छ । आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई कर सहित सो मात्रामा लाभांश दिने निर्णय गरेको हो । कम्पनीका अनुसार नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएर कम्पनीको आगामी साधारणसभाले सो निर्णयलाई अनुमोदन गरेपछि मात्र सेयरधनीलाई सो लाभांस उपलब्ध गराइने छ ।