May 19th, 2021

पहिलो दिन नै ५६ प्रतिशत बिक्यो प्रभु सेलेक्ट फण्डको इकाई


बैंकिङ खबर/बुधबारदेखि निष्काशन भएको प्रभु सेलेक्ट फण्डको इकाईमा पहिलो दिन मै ५६ प्रतिशतभन्दा बढी आवेदन परेको छ । १७ हजार ९ सय ७२ जनासर्वसाधारण लगानी कर्ताहरुबाट ४१ करोड १४ लाख ८३ हजार ७ सय रकम बराबरको ४ करोड ११ लाख ४८ हजार ३ सय ७० इकाई खरिदका लागि आवेदन परेको हो । प्रभु क्यापिटलले आजजेष्ठ ५ गतेदेखि प्रति इकाई रु. १० अंकित दरमा १ अर्ब बराबरको १० करोड इकाई म्युचुअल फण्ड बिक्रीमा ल्याएको हो ।
यो फण्डले १५ प्रतिशत इकाईमध्ये कोष प्रबद्र्धक प्रभु बैंक लिमिटेडलाई १ करोड ४० लाख र कोष व्यवस्थापक प्रभु बैंकलाई १० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरिएको हो । यो फण्डमा लगानीकर्ताहरुले न्यूनतम १०० इकाई देखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाई खरीदका लागि आवेदन दिने अन्तिम समय छिटोमा जेष्ठ ९ गते आइतबारसम्म रहेको छ ।

आवेदकको संख्या

आवेदन दिएको कित्ता

आवेदन दिएको रकम (रु.)

थप विवरण

१७,९७२।००

४,११,४८,३७०।००

४१,१४,८३,७००।००

सर्वसाधारणबाट

२।००

१,५०,००,०००।००

१५,००,००,०००।००

बीऊ लगानी

१७,९७४।००

५,६१,४८,३७०।००

५६,१४,८३,७००।००

जम्मा

 

 

१,००,००,००,०००।००

कुल निष्काशन

 

 

५६.१४ प्रतिशत

आवेदन प्राप्त गरेको


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]