Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

आइतबारको नेप्से : ६८ करोडको कारोबार हुँदा ३० कम्पनीका लगानीकर्ताले कमाए 

२०७३ भाद्र ५ गते
सेयर:

economicगत साताको अन्तिम दुई दिन बढेको शेयर बजार यो साताको सुरुको दिन पुनः घटेको छ । आइतबार नेप्से परिसूचक १२.४३ अंकले घटेर १७२२.६३ अंकमा कायम भएको छ । होटल बाहेक सबै समूह ओरालो लागेपछि समग्र बजार नै प्रभावित भएको हो । आइतबार र्बैंकिङ समूह १०.०६ अंकले घट्दा विकास बैंक १३.८२ अंकले घटेको छ भने फाइनान्स १३.४३ अंकले घटेको छ । सबैभन्दा धेरै बीमा समूह ८१.२१ अंकले घटेको छ भने जलविद्युत्, उत्पादनमूलक र अन्य समूह क्रमशः ३८.८१, ३२.६ र ४.३४ अंकले घटेका छन् । 

कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको छ । दिनभरिमा १ सय ४२ वटा कम्पनीको १० लाख ३१ हजार ५ सय ६६ कित्ता शेयर ४ हजार १८ पटक खरिदविक्रि हुँदा कुल ६८ करोड ७७ लाख ५२ हजार ६ सय २३ रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये, बैंकिङ समूहको ३१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने विकास बैंकको ७ करोड ६० लाख र फाइनान्सको १ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

कम्पनीगत आधारमा हेर्दा हिमालयन जेनेरल इन्स्योरेन्सले ६ करोडमाथिको कारोबार सम्हाल्दै धेरै कारोबार गर्ने कम्पनीहरुको लिड गरेको छ । लामो समयदेखि लिड गरिररहेको एनबी बैंक भने आइतबार दास्रो स्थानमा झरेको छ, जसको ५ करोड १७ लाख रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ । एभरेष्ट बैंकको ३ करोडमाथिको शेयर कारोबार भएको छ भने नेपाल इन्भेष्टमेन्ट बैंक, सोल्टी होटल, हिमालयन बैंक, शिखर इन्स्योरेन्स प्रोमोटर शेयर र लुम्बिनी जेनेरल इन्स्योरेन्सको २ करोडमाथिको कारोबार भएको छ । त्यस्तै, माछापूछ्रे बैंक, इन्भेष्टमेन्ट बैंक प्रामोटर शेयर लगायतको १ करोडमाथिको शेयर कारोबार भएको छ । 

३० वटा कम्पनीको मात्रै शेयर मूल्य बढेको दिन हाम्रो विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ९.८५ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । सिद्धार्थ डेभलपमेन्ट बैंकका ल गानीकर्ताले ९.७८ प्रतिशतका दरले कमाउँदा हिमालयन जेनेरल इन्स्योरेन्स, राप्तीभेरी विकास बैंक, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड १ लगायतले पनि कमाएका छन् । 

गुमाउने कम्पनीहरुको अग्रस्थानमा मिथिला लघुवित्त रहेको छ, जसको शेयरमूल्य ९.९८ प्रतिशतले घटेको छ । त्यस्तै, बोटलर्स नेपालका लगानीकर्ताले ७.७१ प्रतिशतका दरले गुमाएका छन् । शिखर इन्स्योरेन्स प्रोमोटर शेयर, रिडि हाइड्रोपावर, किसान माइक्रोफाइनान्स, वोमी माइक्रोफाइनान्स, गुह्येश्वरी मर्चेन्ट, फेवा विकास बैंक लगायतका लगानीकर्ताले पनि गुमाएका छन् ।