May 18th, 2021

छिमेक लघुवित्त अन्तर्राष्ट्रिय स्तरको स्मार्ट क्याम्पियन प्राप्त गर्न सफल

बैंकिङ खबर । छिमेक लघुवित्त अिन्तराष्ट्रिय स्तरको स्मार्ट क्याम्पियन सर्टिफिकेट प्राप्त गर्न सफल भएको छ । २०५८ सालमा नेपाल राष्ट्र बैंकबाट छिमेक विकास बैंक लि.को रुपमा स्थापना भई हाल देशको ६७ जिल्लाका १७३ शाखा मार्फत कार्य गर्दै आइरहेको राष्ट्रिय स्तरको छिमेक लघुवित्त वित्तीय संस्था लि.ले हालसम्म विकट गाउँ, पिछडिएका विपन्न वर्गका ३ लाख ८३ हजार भन्दा वढि परिवारहरुलाई आयमुलक क्षमता अभिवृद्धि कार्यक्रमका साथै वित्तीय साक्षरता सहित वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ । अमेरिकाको वासिगंटन डीसीमा अवस्थित स्मार्ट क्याम्पियनले निर्धारण गरेका ग्राहक संरक्षण सम्वन्धि ७ सिद्धान्त र १९२ मानकहरुलाई यस वित्तीय संस्थाले पुर्ण रुपमा पालना गरेको हुनाले स्मार्ट क्याम्पियनबाट अन्तराष्ट्रिय स्तरको मापदण्ड पुरा गरेको विश्वका उत्कृष्ट वित्तीय संस्थाको रुपमा मान्यताको प्रमाणपत्र प्राप्त गरेको हो । यस प्रमाणपत्र पाउनको लागी ग्राहकको आवश्यकता अनुसारको सेवा सुविधा, ग्राहकलाई अधिक ऋण ग्रस्त हुनबाट जोगाउने, संस्थाको प्रत्येक क्रियाकलाप पारदर्शिता, सेवाको मुल्य निर्धारण गर्दा जिम्मेवार बन्ने, ग्राहक प्रति मर्यादित सम्मानजनक ब्यवहार गर्ने, ग्राहकको तथ्याङ्क तथा सुचनाहरु गोप्य राख्ने र ग्राहकको गुनासो सुनुवाई संयन्त्र चुस्थ र दुरुस्त बनाई यी सातै सिद्धान्त अवलम्वन गरेकोले ग्राहक संरक्षण प्रमाण पत्र पाउन योग्य भएको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीले वताउनु भयो ।

अन्तराष्ट्रिय स्तरको प्रतिष्ठित सर्टिफिकेसन पाएसंगै यस छिमेक लघुवित्त वित्तीय संस्थाले थप उर्जा पाप्त गरेको छ । आगामी दिनमा अझ ग्राहक र सदस्य प्रतिको जिम्मेवारिलाई सर्वोपरि ठान्ने हौसला मिलेको महसुस भएको छ । यस प्रमाणपत्र प्रक्रियामा निरन्तर सहयोग गर्दै आइरहेको UKAID, Sakchyam Access to Finance, Good Return, M-CRIL, संचालकज्युहरु, पुर्व प्रमुख कार्यकारी अधिकृत रामचन्द्र जोशी, यस वित्तीय संस्थाका Consultant नविन सुवेदी, वित्तीय संस्थाका सम्पुर्ण कर्मचारी परिवार र ग्राहक प्रत्ति संस्थाले धन्यबाद दिएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]