Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

फरवार्ड माइक्रोफाइनान्सद्धारा अक्सीजन सिलिण्डर वितरण

२०७८ जेष्ठ ३ गते

फरवार्ड माइक्रोफाइनान्सका अध्यक्ष भगवति चौधरी कोरोना संक्रमितलाई अक्सीजन सिलिण्डर वितरण तथा अन्य राहातका काममा व्यस्त भएकी छन् । पछिल्लो समय उनी व्यक्तिगत र संस्थागत रुपमा सामाजिक कार्यमा अहोरात्र खटिएकी छन । छन । फरवार्ड माइक्रोफाइनान्सले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई ५० थान अक्सिजनसहितका सिलिन्डर हस्तान्तरण गरेको छ ।

कोरोनाको दोस्रो लहर फैलिएपछि नेपालमा सार्वजनिक जीवन नाजुक बनेको छ। दैनिक संक्रमित थपिइरहेका छन्, स्वास्थ्य संस्थामा बेड, अक्सिजन सिलिन्डर र औषधि जस्ता अत्यावश्यक कुराको अभाव देखिएको छ।

महामारीका रूपमा फैलिरहेको नयाँ भेरियन्ट कोभिड-१९ को संक्रमणका कारण अक्सिजनको खपत दैनिक बढिरहेको बेला पूर्वराज्यमन्त्री तथा फरवार्ड माइक्रोफाइनान्सकी अध्यक्ष एवम् नेकपा (एमाले) सुनसरी जिल्ला ईन्चारज भगवती चौधरीले प्रतिष्ठानलाई ५० थान अक्सिजन सिलिण्डर र मोरङको विराट मेडिकल कलेज शिक्षण अस्पताललाई २ मनिटर हस्तान्तरण गरेको बताउनुभयो ।

आइतबार नेतृ चौधरीले फरवार्डको टीमसहित प्रतिष्ठान पुगेर अक्सिजन सिलिण्डर हस्तान्तरण गरेकी हुन् । प्रदेश १ का तीन ठूला कोभिड अस्पतालहरुमा फरवार्ड माइक्रोफाइनान्सले अक्सिजन सिलिण्डर, अक्सिजन कन्सट्रेसर दिने निर्णय गरेसँगै प्रतिष्ठानलाई अक्सिजन सिलिण्डर दिइएको हो ।

सुनसरीको दुहवीमा रहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका मुख्य कार्यालयले सधै देश र जनताको लागि सामाजिक उत्तरदायित्वको साथ वीपी प्रतिष्ठान र विराट मेडिकल शिक्षण अस्पताललाई सहयोग गरेको बताएका छन् ।

अस्पताललाई अक्सिजनसहितका सिलिन्डर हस्तान्तरण गर्दै नेतृ चौधरीले कोभिड–१९ को महामारीबाट जनतालाई जोगाउन संक्रमितको उपचारमा केही राहत होस भनेर अक्सिजन सिलिण्डर वितरण गरिएको उहाँले बताउनुभयो ।

‘सामाजिक उत्तरदायित्व पुरा गर्ने राष्ट्र बैंकको निर्देशन अनुसार फरवार्ड माइक्रोफाइनान्सले अहिलेको विषम परिस्थितिमा स्वास्थ्य क्षेत्रलाई सहयोग गर्नुपर्छ भनेर यो सहयोग गरिएको हो ।’

नेतृ चौधरीले भनिन् ‘वीपी प्रतिष्ठान नेपालकै ठूलो अस्पताल भएपनि यहाँ कोभिड लगायत गरिब विपन्न समुदायका विरामीहरुले यहाँ आएर सेवा लिने भएकाले उनीहरुलाई सहयोग होस भन्ने हेतूले यो सिलिण्डर दिइएको हो ।’

यसैगरी नेतृ चौधरीले विराट मेडिकल कलेज शिक्षण अस्पताललाई २ थान अक्सिजन कन्ट्रसेटर मनिटर सहयोग गरेको छ । अब कोशी कोभिड अस्पताललाई पनि अक्सिजन सहयोग गर्ने बताइन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा.डा. गौरिशंकर शाहले अक्सिजन सिलिण्डर बुझदै उहाँले भन्नु भयो प्रतिष्ठानमा आउने कोभिडका विरामीहरुलाई उपचारमा थप सहयोग पुग्ने बताए । त्यसगरि प्रतिष्ठानका उपकुलपति डा। ज्ञानेन्द्र गिरी, रजिष्ट्रार प्रा.डा. मोहनचन्द्र रेग्मी लगायतको उपस्थिति रहेको थियो ।

फरवार्डले सुदुरपश्चिमको महाकाली र दाङमा पनि सहयोग गर्ने सोच बनाएको छ । कोभिडका विरामीहरु ती क्षेत्रमा दिनप्रतिदिन बढिरहेको तथा परिस्थिति जटिल बन्दै गएकोले फरवार्डले सक्दो सहयोग गर्ने बताइन् ।

कोरोना संक्रमणकै कारण फरवार्डले १०७ जना सदस्य गुमाएको तथा दर्जनौं कर्मचारी पनि संक्रमित रहेको जनाउँदै नेतृ चौधरीले उनीहरुलाई पनि फरवार्डले सक्दो सहयोग गर्ने बताइन् ।

उहाँले कोरोना भाइरसको महामारीबाट बच्न राज्यसँग निजी क्षेत्रले पनि हातेमालो गर्नुपर्ने बताइन् । ‘विपत्तिसँग लडन राज्य एक्लैले सक्दैन, हामी सबै उद्योगी, व्यवसायी, समाजसेवी, राजनीतिज्ञहरुको साथ सहयोग चाहिन्छ ।

उहाँले भन्नु यस अघि पनि फरवार्डले कोरोना संक्रमणको पहिलो भेरीयन्टमा स्थानीय, प्रदेश र केन्द्र सरकारलाई उल्लेख्यरुपमा आर्थिक तथा स्वास्थ्य सामग्री सहयोग गरेको थियो । साथै स्थानीय तहलाई खाद्यान्न सामग्री समेत सहयोग गरेको थियो ।