२०७३ भाद्र ५ गते

खुल्यो आरएसडीसी लघुवित्तको आईपीओ, यसरी दिनुस् आवेदन

ipoआरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ४ लाख कित्ता साधारण शेयर (आईपीओ) आइतबारदेखि खुलेको छ । कम्पनीले १ सय रुपैयाँ अंकित दरको ४ करोड रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणका लागि निष्काशन गरेको हो । कम्पनीले यसमध्येबाट ८ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरेको छ भने २० हजार कित्ता शेयर यसअघि नै सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ । बाँकी रहेको सेयरमा मात्र सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने छन् ।

कम्पनीको शेयरमा न्युनतम ५० कित्ताका लागि आवेदन दिन सकिन्छ । बढिमा ४ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । शेयर निष्काशन पछि चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्ने छ । 

आवेदन कहाँबाट दिने ?
नेपाल इन्भेष्टमेन्ट बैंकका उपत्यका भित्र र बाहिरका शाखाहरु, आरएसडीसी लघुवित्तको बुटवलस्थित केन्द्रिय कार्यालयm ललितपूर स्थित भिबोर क्यापिटलको कार्यालय, प्रभु क्यापिटल, गोर्खाज फाइनान्सका शाखाहरु, गुह्येश्वरी मर्चेन्टका शाखाहरु, आइसीएफसी फाइनान्सका शाखाहरु, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका शाखाहरु, सिनर्जी फाइनान्सका शाखाहरु, साझा विकास बैंकका शाखाहरु र सेवा विकास बैंकबाट आवेदन दिन सकिनेछ । शेयर आवेदन भदौ ५ गतेबाट छिटोमा भदौ ८ र ढिलोमा १९ गतेसम्म दिन सकिने कम्पनीले जनाएको छ ।