बुक बिल्डिङका लागि ५ नयाँ संस्थागत लगानीकर्ता थपिए

बै‌किङ खबर/बुक बिल्डिङ विधिमा ५ वटा नयाँ संस्थागत लगानीकर्ता थपिएका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार थप ५ वटा संस्थागत लगानीकर्तालाई स्वीकृति प्रदान गरिएको हो ।

बोर्डका अनुसार थपिएका संस्थागत लगानीकर्तामा सीबीआइएल क्यापिटल लिमिटेड, सिटिजन्स म्यूचुअल फन्ड–१, सिटिजन्स म्यूचुअल फन्ड–२, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिेट र कुमारी इक्विटी फन्ड छन् ।

बोर्डले यसअघि ७४ वटा संस्थागत लगानीकर्तालाई स्वीकृति दिइसकेको छ । बोर्डले यसअघि बैशाख ३ गते सिद्धार्थ इन्स्योरेन्स लिमिटेड, जय गणेश इन्भेस्टमेन्ट कम्पनी प्रालि, आइसीएफसी फाइनान्स लिमिेटड, जे–नेक्स इन्भेष्टमेन्ट प्रालि, मुक्तिनाथ विकास बैंक लिमिटेड, पोखरा फाइनान्स लिमिटेड, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड र नेपाल बैंक लिमिटेडले स्वीकृति दिएको थियो । योसँगै योग्य संस्थागत लगानीकर्ताको संख्या ८८ पुगेको छ ।

[pdf-embedder url=”https://bankingkhabar.com/wp-content/uploads/2021/05/QII-list-converted.pdf” title=”QII list-converted”]

 


सोसिअल मेडिया