२०७३ भाद्र ५ गते

आयो सेञ्चुरी बैंकको ८५ लाख कित्ता हकप्रद

centuryसेञ्चुरी कमर्सियल बैंकको ३० प्रतिशत अर्थात दश बराबर तीन कित्ता हकप्रद शेयर आइतबारदेखि खुलेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरका ८५ करोड २२ लाख ४० हजार रुपैयाँ बराबरका ८५ लाख २२ हजार ४ सय कित्ता हकप्रद निष्काशन गरेको हो ।

बैंकको शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्कट रहेको छ । सिभिल क्यापिटलको कार्यालय कमलादी र सेञ्चुरी बैंक लिमिटेडका शाखा कार्यालयहरुबाट दरखास्त दिन सकिने व्यवस्था गरिएको छ ।

हकप्रदका लागि साउन १७ गतेसम्म कायम बैंकका शेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । बैंकको हकप्रद शेयरका लागि असोज ९ गतेसम्म आवेदन दिन सकिनेछ ।

 हाल सेञ्चुरी बैंकको २ अर्ब ८४ करोड रुपैयाँ चुक्तापूँजी रहेको छ । हकप्रद पश्चात बैंकको चुक्तापूँजी ३ अर्ब ७० करोड रुपैयाँ पुग्नेछ ।