Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

जनउत्थान सामुदायिक लघुवित्तले डिजिटलबाटै मनायो १० औं वार्षिक साधारण सभा

२०७८ बैशाख ३० गते

बैंकिङ खबर/ बुटवलमा केन्द्रीय कार्यालय रहेको जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि. को १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कोरोना भाईरस (कोभिड‐१९) को दोस्रो भेरियन्टको संक्रमणको जोखिम नियन्त्रण गर्ने उद्देश्यले जारी गरेका निषेधाज्ञाका कारण स्वास्थ्य मापदण्डको पूर्णरुपमा पालना गर्दै न्यूनतम् संख्यामा भौतिक उपस्थितीका साथै भर्चुअल माध्यमबाट साधारण सभा सम्पन्न भएको छ ।

वार्षिक साधारण सभाको औपचारिक उद्घाटनसँगै संस्थाका परिकल्पनाकार तथा संस्थापक अध्यक्ष डा. मान बहादुर बिकेले कोरोना भाईरसको विषम परिस्थितीमा समेत प्रविधीको प्रयोग गरी भर्चुअल माध्यमबाट समेत सहभागिता गराई साधारण सभा गरेकोमा बधाई तथा शुभकामना दिदै वित्तीय संस्थालाई कोरोना भाईरस कोभिड–१९ ले पारेको प्रभावलाई न्यूनिकरण गर्न नयाँ खालको रणनीति तयार गरी संस्थाका हरेक गतिविधिहरुलाई स्केलिङ्ग गरेर लाग्नु पर्ने विषयमा सुझाव दिनु भयो ।

कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष यम बहादुर बिके, पूर्व सञ्चालक डा. मेग बहादुर विश्वकर्मा, संस्थापक शंकर प्रसाद पौडेल, हरी काफ्ले,यज्ञ विक्रम शाही, भिम कुँवर, नर बहादुर विश्वकर्मा, विनोद खाती, सर्वसाधारण शेयरधनीको तर्फबाट डा. अन्जनी कुमार गुप्तालगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । उक्त वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनसहित आ.व. २०७६ /०७७ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गर्नुका साथै सञ्चालक समितिकोे प्रस्ताव बमोजिम आ.व. २०७६ /०७७ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी रु सात करोड बयानब्बे लाख को २.६० प्रतिशतले हुन आउने रकम रु.अक्षेरुपी विस लाख उनन्साठी हजार दुई सय रुपैया नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने निर्णय सर्वसम्मतले पारित गरेको छ ।

त्यस्तै गरी आ.व. २०७६/०७७ को आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजी रु सात करोड बयानब्बे लाखको ४९.४० प्रतिशतले हुने रकम रु तिन करोड एकानब्बे लाख चौविस हजार आठ सय बरावरको बोनस शेयर जारी गर्ने, संस्थाको अधिकृत पूँजी रु दश करोडबाट बृद्धि गरी रु पचास करोड पु¥याउने, नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिई संस्थाको कार्य क्षेत्र १९ जिल्लाबाट विस्तार गरी राष्ट्रिय स्तरमा स्तरोन्नती गर्ने लगायतका महत्पूर्ण निर्णयहरु सर्वसम्मतले पारित गरेकोे छ । त्यसैगरी साधारण सभाको समापन गर्दै सञ्चालक समितिका अध्यक्ष बाबुराम विश्वकर्माले संस्थालाई यस विषम परिस्थितीमा स्वास्थ्य सर्तकता अपनाउदै, संस्थाको अल्पकालिन तथा दीर्घकालिन रणनीतिहरु तयार पारी कार्यन्वयन गराउदै संस्थालाई अगाडी बढाउने प्रतिवद्धता व्यक्त गर्नुका साथै सभामा उपस्थित हुने सम्पूर्ण शेयरधनी महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

हाल पूर्वको पर्सादेखि पश्चिमको कञ्चनपुरसम्मका तराईका ११ वटा जिल्लाहरु र सोही जिल्लाहरुसँग जोडिएका पहाडका ८ वटा जिल्लाहरु गरी जम्मा १९ वटा जिल्लामा ३९ वटा शाखा कार्यालयहरु मार्फत करिव ४५ सय समुह सदस्यहरुलाई संस्थामा आवद्ध गरी वित्तीय सेवा पु¥याईरहेको छ । कार्यक्रम संस्थाका सञ्चालक समितिका अध्यक्ष बाबुराम बिश्वकर्माको अध्यक्षता, संस्थाका सञ्चालक समितिका सदस्य रेवन्त बहादुर विश्वकर्माको स्वागत मन्तव्यमा कार्यक्रम सञ्चालन संस्थाका प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव श्रीराम पोख्रेलले गर्नु भएको थियो ।