May 10th, 2021

राष्ट्र बैंकको नयाँ निर्देशन : अब शुक्रबार पनि चेक क्लियरिङ हुने

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले शुक्रबार पनि चेक क्लियरिङ गर्न बैंकहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकको यो निर्देशन सँग अब विहीबार साँझ एक बैंकबाट अर्को बैंकमा पठाइएका चेकहरु शुक्रबार पनि जम्मा हुने छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली व्यवस्थापन विभागले सोमबार यस्तो निर्देशन जारी गरेको हो । अबदेखि शुक्रबारका लागि ११ः३० बजे एक्सप्रेस क्लियरिङ र १२ः३० बजे नियमित क्लियरिङ सत्र सञ्चालन गर्नुपर्ने केन्द्रिय बैंकले निर्देशन दिएको छ । यसअघि शुक्रबार चेक क्लियरीङ हुँदैनथ्यो । राष्ट्र बैंकका अनुसार अब शुक्रबार मध्यान्ह १२ बजेसम्म बैंकमा जम्मा गरेको चेक त्यसै दिन क्लियरिङ हुने छ । शुक्रबारको सन्ध्याकालिन काउण्टरमा जम्मा भएको चेकको पैसा पनि आइतबारसम्म प्राप्त हुने छ । राष्ट्र बैंकले इलेक्ट्रोनिक चेक क्लियरिङ (ईसीसी) सञ्चालनसम्बन्धी व्यवस्था परिवर्तन गरेको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]