May 5th, 2021

सदस्यको मृत्युमा निर्धन बन्यो राहतदाता


बैंकिङ खबर/निर्धन उत्थान लघुवित्त वित्तीय संस्था शाखा कार्यालय बझाङ चैनपुरले एक मृतक सदस्यको परिवारलाई बिमा रकम भुक्तानी गरेको छ। यस शाखा कार्यालयबाट संचालित जयपृथ्वी नगरपालिका–८ पैयातोला स्थित पैयातोला महिला समूहकी सदस्य मन्जु बम्मको मृत्यु पश्चात मृतकको श्रीमान रमेश कुमार बम्मलाई चैनपुर शाखाका शाखा प्रबन्धक गौतम थापाले रु .चार लाख साठी हजार रकम हस्तान्तरण गर्नुभएको हो ।

कुखुरा पालन गरेका पीडित बम्मले अन्य लघुवित्तमा पनि सदस्य रहेतापनि अन्यबाट राहत प्राप्त नभएको र निर्धन लघुवित्तबाट उचित राहत पाएकोले अब आफ्ना २ छोरी को पढाई लेखाइमा राहत हुने भन्दै संस्थालाई धन्यवाद दिनुभएको थियो । प्रबन्धक थापाले नेपालका ७७ वटै जिल्लामा शाखा स्थापना गरी सेवा दिइरहेको निर्धन उत्थान लघुवित्तले वित्तीय तथा गैरवित्तीय कार्यक्रम सञ्चालन गर्दै सदस्यहरुको गरिबी कमगर्न साथ दिने बताउनुभयो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]