Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

निर्धन उत्थान लघुवित्तद्धारा कोरोना संक्रमण रोकथामको लागि २ करोड १५ लाख सहयोग

२०७८ बैशाख २२ गते

बैंकिङ खबर । देशको सातै प्रदेश ७७ वटै जिल्लामा १८१ शाखा कार्यालय स्थापना गरी ग्रामीण क्षेत्रमा प्रभावकारी रूपले वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गरिरहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले कोभिड–१९ सक्रमणको दोस्रो लहर दिनानुदिन बढ्दो क्रममा देखिएको र संस्थाका ग्राहक सदस्यहरू पनि प्रभावित भएकोले निजहरूको स्वास्थ्य सुरक्षालाई मध्येनजर गर्दै स्वास्थ्य सुरक्षा र सतर्कता सम्बन्धी सामाग्री प्रयोग गरी व्यवसायको सुरक्षण एवं निरन्तरता दिन सवै शाखा कार्यालय मार्फत संस्थामा आवद्ध भएका सवै ग्राहक सदस्यहरूले उपभोग गर्ने गरी रु.२ करोड १५ लाख ३१ हजार ४ सय आर्थिक अनुदान सहयोग प्रदान गरेको छ ।
यसरी प्रदान गरिएको रकमबाट संस्थामा आवद्ध सबै ग्राहक सदस्यले विषम परिस्थितीमा समेत आवश्यकता अनुसार छिटो/छरितो आवश्यक स्वास्थ्य सतर्कता सामाग्री सावुन, सेनिटाइजर, मास्क लगायतका स्वास्थ्य सामाग्री खरिद गरी कोराना भाइरसबाट सुरक्षित हुन ठूलो सहयोग पुग्ने संस्थाले विश्वास लिएको छ ।
संस्थाले आर्थिक वर्ष २०७६÷०७७ मा कोरोना भाइरस महामारीको प्रतिकूल अवस्थाको कारण ग्राहक सदस्यहरूका परियोजना आशिंकरूपमा बन्द भएकोले त्यस्ता ग्राहक सदस्यहरूलाई रु.२ करोड ९ लाख २९ हजार ७ सय व्यवसाय पुनस्र्थापनाको लागि राहत अनुदान प्रदान गरेको थियो ।
कोभिड–१९ को संक्रमणका कारण सृजित विषम परिस्थितीको कारणले संस्थाका ऋणी सदस्यहरूको व्यवसाय सञ्चालन सहज रूपमा संचालन हुन नसकेकोले आंशिक वा पूर्णरूपमा व्यवसाय बन्द भएका १८१ शाखा कार्यालयहरूका समस्यामा परेका तथा अति प्रभावित ७,२५० ऋणी सदस्यहरूलाई संस्थाले चालू आ.व. २०७७/०७८ को २०७७ भाद्र माहिनामा प्रति ऋणी सदस्य रु.१०,०००।– का दरले रु.७ करोड २५ लाख रूपैया व्यवसाय पुनस्र्थापनको लागि आर्थिक अनुदान प्रदान गरेको थियो ।

देशमा रहेको आर्थिक, सामाजिक तथा मानसिक गरिबी र त्यसबाट सृजित असमानता कम गर्ने उद्देश्यले स्थापना भएको निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले २०७७ चैत्र मसान्तसम्म ३,७८,४५८ विपन्न गरीव परिवारलाई प्रभावकारीरूपले वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गरिरहेको छ ।
संस्थाले समस्यामा परेका ऋणीको व्यवसाय सुरक्षण एवम् पुनस्थार्पना गर्न तथा ग्राहकहरूको शिक्षा तथा क्षमता विकास गर्नको लागि ग्राहक सदस्यहरूलाई समय परिस्थिती र आवश्यकता अनुसार समय समयमा आकस्मिक राहत अनुदान प्रदान गर्दै आईरहेको संस्थाले जनाएको छ । अहिलेको समय सेवा गर्ने समय भएका कारण आफ्नो संस्थाले समस्यामा परेकालाई राहत दिनेगरेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्तले बताउनुभयो । उहाँले विपतको अबस्थामा पहिलो प्राथमिकता जीवन रक्षा भएका कारण कम्जोर ऋणी सदस्यलाई उत्थान गर्नु आफ्नो जिम्मेवारी भएको उहाँको भनाई छ । पन्तले गरेको यो कार्यलाई अरु संस्थाले पनि अबलम्बन गर्नु उपयुक्त ठानिन्छ । संक्रमणकालमा पनि नाफा हेर्ने तमाम वित्तीय संस्थाका लागि निर्धन उत्थान सहयोग गर्नुपर्छ भन्ने भावनाले नमुनाका रुपमा अघि सरेको देखिन्छ ।