February 14th, 2016

वित्तिय आचरण पालना नगर्नेलाई राष्ट्र बैंकले छोड्दैन

डा. चिरञ्जीवी नेपाल, गभर्नर, नेपाल राष्ट्र बैँक
Chiranjibi-Nepal (1)केही समययता नेपालको अर्थतन्त्र सहज हुने अवस्था देखिरहँदा प्रभु बैँकको ग्राण्ड बैँकसँगको मर्जर प्रक्रिया पूरा भइ एकीकृत कारोबारको प्रारम्भ भएको छ । सीमा क्षेत्रमा भएको अवरोधका कारण यतिबेला वस्तु आयात ३२ प्रतिशतले घटेको छ । यसको प्रत्यक्ष प्रभाव राजस्वमा देखिएको छ । यस ५ महिनामा राजस्व ५२ अर्बले घटेको छ । त्यस्तै, निर्यात २९ अर्बले घटेको छ । मुद्रास्फीर्ती र महँगी पनि चरम रुपले बढिरहेको छ । विवरणअनुसार मुद्रास्फीर्ति ११.४ प्रतिशतले बढेको छ । अहिले सी अवरोध हटेको र आपूर्ति व्यवस्थामा समेत सहजता आएकाले दोहोरो अंकमा रहेको मूल्यवृद्धि एकल अंकमा आउने अपेक्षा गरिएको छ । आर्थिक क्रियाकलापहरु पनि अबका दिनहरुमा बढ्दै जाने कुरामा हामी विश्वस्त छौँ । त्यस्तै, पुँजीगत खर्च पनि बढ्दै जानेछ । फलस्वरुप मुलुकको विकास, पुनर्निमाण लगायतका पक्षमा बैँक तथा वित्तीय संस्थाहरुले पनि सहयोग गर्ने वातावरण सिर्जना हुनेछ । बैँकमा जम्मा भएका पैसा पुनः राष्ट्र बैँकले प्रशोचन गर्नु नपर्ने कुरामा मलाई विश्वास छ । किनकि, बैँकहरुले अब आआफ्नो अनुकुल क्षेत्र हेरे बैँकहरुले लगानी बढाउनेछन् ।
आजको दिनसम्म ८४ वटा बैँकहरु मर्जरमा गएर ३१ वटा  भएका छन् । ५३ वटा बैँक तथा वित्तीय संस्थाहरुको अस्तित्व सकिएको छ । मर्जरको नीति ६।७ वर्ष अघिदेखि नै भएतापनि अहिले मर्जर प्रक्रिया रफ्तारमा गइरहेको छ । मर्जरको नीतिपछि विस्तारै मर्जरमा गइरहेका कतिपय संस्थाको मर्जर भएर नेटवर्क बढेतापनि लगानी गर्ने क्षमता नबढेका कारण राष्ट्र बैँकले नै स्थगित गर्यो । चुक्ता पुँजीकै कारण नेटवर्क विस्तार भएर पनि लगानी क्षमता वृद्धि हुन नसकेको देखियो । नेपालमा यति धेरै बैँकहरु भएर पनि अलि ठूला आयोजनाहरुमा लगानी गर्नका लागि विश्व बैँकको मुख ताक्नुपर्ने लाजमर्दो स्थिती देखा पर्यो । हामी आफू सक्षम भएको देखाउन नसक्दा विदेशी लगानी नभित्रिएकाले हामी आफैँ सक्षम छौँ भनेर देखाउनु जरुरी थियो । चुक्ता पुँजी बढ्यो भने मर्जर नगरे पनि लगानी क्षमता बढ्ने देखियो । फलस्वरुप, यहि चुक्ता पुँजी बढाउने आधारस्वरुप पुँजीवृद्धिको योजना अघि सारियो । बैँकहरुले यहि चुक्ता पुँजी बढाउनको लागि मर्जरको प्रक्रियाको थालनी गरेका छन् । 

बैँकमाथि जनताको विश्वास
भूकम्पपछि एक्कासी ५० अर्ब रुपैँया बैँकको खातामा जम्मा भएको थियो । त्यस्तो आपतकालीन अवस्थामा पनि बैँक तथा वित्तीय संस्थाहरुले आफ्नो कार्य सुचारु राखेकाले जवनताले विश्वास गरेर सो रकम खातामा जम्मा गरेका हुन् । बैँकहरुमा नै पैसा तथा सम्पत्ति सुरक्षित हुने ठानेर उनीहरुले खातामा जम्मा गरेका हुन् । त्यस्तै, एक वर्षभित्रमा ९ लाखभन्दा बढी बैँक खाता थपिएका छन् । त्यसको सही सदुपयोग हुन नसके जनताको विश्वास गुम्न सक्ने भएकाले बैँकहरुको लगानी क्षमता विस्तार गर्नु जरुरी थियो । यसका लागि चुक्ता पुँजी बढाएर हामी बलियो छौँ भन्ने सन्देश जनतामाझ पुर्याउनु जरुरी थियो । यो काम बैँकहरुको मर्जर प्रक्रियाले गरिरहेको छ ।

हरेक जनतामा बैँकिङ पहुँच
अझै पनि थुप्रै रकम बैँक तथा वित्तीय संस्थाहरुमा आएकै छैनन् । प्रभु जस्तो नीजि क्षेत्रको सबैभन्दा ठूलो बैँकको समेत अझै ३० वटा जिल्लामा सेवा नपुगिरहेको अवस्था छ । त्यहाँका सर्वसाधारणहरु बैँक के हो र पैसा किन बैँकमा राख्ने भन्ने कुरासँग नै अनभिज्ञ छन् । ती क्षेत्रका सभासद्हरु बैँकको शाखा खोल्न भन्दिनुसर न भन्दै मेरोमा आउने गरेका छन् । ती क्षेत्रका रकम बैँक तथा वित्तीय क्षेत्रमा आउने वित्तिकै बैँकहरुको लगानी क्षमता बढ्छ, संस्थालाई फाइदा हुन्छ भने मुलुकको आर्थिक उन्नतिमा समेत यसले ठूलो टेवा पुर्याउँछ ।

पैसा छ भन्दैमा बैँकर बन्न पाइदैन 
हाम्रो मुलुकमा पैसा हुनेवित्तिकै बैँकर बन्ने चलन छ, त्यो गलत हो । बैँकिङ तथा वित्तीय ज्ञान नहुने मान्छे बैँकर बन्नु हुँदैन । जनताले विश्वास गरेर आफ्नो सम्पत्ति जिम्मा लगाउने बैँक तथा वित्तीय संस्थाजस्तो मर्यादित संस्थाको सञ्चालक बन्न चाहनेले बैँक तथा वित्तीय कारोबार बुझेको हुनु जरुरी छ । पैसा कमाएको भन्दा पनि पैसाको कारोबार बुझेको मान्छे मात्र बैँकर बन्ने हो भने बैँक तथा वित्तीय संस्थामा जनताको विश्वास बढ्नेछ । विनाज्ञान बैँक तथा वित्तीय संस्था चलाएर जनताको पैसाको दुरुपयोग तथा जनताको विश्वासमाथिको खेलवाड गर्ने काम गर्नेलाई राष्ट्र बैँकले कारबाही गर्नेछ । राष्ट्र बैँकको पहिलो प्राथमिकता भनेकै जनताको पैसाको सुरक्षा गर्नु हो । त्यसैले, बजारबाट जति पैसा उठाउनुहुन्छ, त्यो पैसाको सही सदुपयोग गर्नुहो्स्, रोजगारी सिर्जना गर्नुहोस्, मुलुकको विकास निर्माणमा सहयोग गर्नुहोस् । बैँक तथा वित्तीय सम्बन्धि विभिन्न तालिमहरु दिइन्छन् । राष्ट्र बैँकले पनि यस् किसिको तालिमहरु दिने गरेको छ । यस्ता तालिमहरुमा सहभागी भएर आफू जानकार भएर मात्र बैँक तथा वित्तीय संस्थाहरुमा हात हाल्नुहोस् । जनताको पैसाले आफ्नो स्वार्थ पूरा गर्ने काम गरेर बैँक तथा वित्तीय क्षेत्रलाई नै बदनाम गर्नेहरु कारबाहीमा पर्नुहुनेछ । नियमन निकाय एकदमै बलियो भएर आइरहेको छ । राष्ट्र बैँकले कडा नीति लिइसकेको छ । राष्ट्र बैँक नेपालको केन्द्रिय बैँक भएकाले अन्तर्राष्ट्रिय मूल्य र मान्यताअनुसार चल्नुपर्ने हुन्छ । त्यो स्तरमा अझै पनि हामी पुगिसकेका छैनौँ । तहगत रुपमा हामी अन्तर्राष्ट्रिय रुपमा नै जानुपर्ने हुन्छ । यस प्रक्रियामा गइसकेपछि बैँक तथा वित्तीय क्षेत्रमा अझै कडा नीतिहरु आउनेछन् र बैँकिङ कारोबार अझै पारदर्शी रुपमा अगाडि बढ्नेछ । 
वास्तवमा भन्नुपर्दा राष्ट्र बैँकले जसरी हुन्छ बैँकहरुलाई पुँजी बढाउन भनेको हो । मौद्रिक नीतिमा पुँजी बढाउने कुरा उल्लेख गरिएको छ । यसका लागि आफैँ पुँजी थप्नुस् या मर्जरमा जानुस् यो बैँकहरुको कुरा हो । आफूले पैसा राख्ने बैँक सबल भयो भन्ने सन्देश जनतामाझ पुर्याउनको लागि पुँजीवृद्धिको योजना अघि सारिएको हो । नेपालमा सरकारी बैँक सुरु भएको धेरै भएतापनि नीजि बैँकको इतिहास धेरै छोटो छ । त्यसमाथि बैँकको सीईओहरु एउटा बैँकको कार्यकाल सकिएपछि अर्को बैँकमा सर्ने, अर्कोपछि अर्कोमा सर्ने किसिमको परिपाटी नेपालमा छ, यसको अन्त्य हुनुपर्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]