Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

झन्डै ८१ हजार भुकम्पपीडितको खातामा पुग्यो अनुदानको पहिलो किस्ता

२०७३ भाद्र ३ गते

moneyप्रधानमन्त्री पुष्पकमल दाहालले सबै भूकम्पपीडितलाई डेढ महिनाभित्र अनुदान रकमको पहिलो किस्ताको रकम उपलब्ध गराइसक्ने प्रतिबद्धता व्यक्त गरेसँगै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले एक महिनाको विशेष अभियान सुरु गरेको छ । जसअनुसार, बुधबार साँझसम्ममा भुकम्पबाट अतिप्रभावित अतिप्रभावित ११ जिल्लाका ८० हजार ९ सय ७० जना लाभग्राहीको खातामा पहिलो किस्ताको ५० हजार रुपैयाँ जम्मा भइसकेको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार, अनुदान रकममा लागि ३ लाख ६१ हजार ९ सय ६ जना पीडितसँग सम्झौता भइसकेको छ । अतिप्रभावित ११ जिल्ला र ललितपुरको कार्य्विनायक नगरपालिकाको बुङ्मती तथा खोकनामा गरी ५ लाख ३३ हजार १५५ जना लाभग्राहीको सूचीमा परेका छन् ।  

हालसम्म उपत्यकाका तीन जिल्लाबाट करिब ४० हजार पीडितको लगत सम्परीक्षण भइसकेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । उपत्यकामा करिब एक लाख पीडितको सूचीका आधारमा परीक्षण थालिएको थियो । तर, केही पीडितको नाम छुटेको उजुरी आएपछि भदौ १० गतेसम्म अन्तिम नामावली पठाउन सम्बन्धित नगरपालिकालाई अनुरोध गरिएको छ । भदौ अन्त्यसम्ममा सबैको तथ्याङ्क सम्परीक्षणको कार्य सकिने लक्ष्य विभागको छ ।