May 3rd, 2021

दोहोरो अंकले घट्यो नेप्से

बैंकिङ खबर/ सेयर कारोबार मापक नेप्से परिसूचक साेमबार दोहोरो अंकले घटेको छ । आइतबार ५४ अंक्ले बढेको नेप्से परिसूचक सोमबार १२ दशमलव ३६ अंकले घटेर २ हजार ६ सय ५२ अंकमा झरेको छ ।

सेन्सेटिभ सूचक पनि २.६९ अंकले घटेर ४७५.१२ विन्दुमा झरेको छ। अघिल्लो् दिनको तुलनामा काराेवार रकम भने बढेको देखिएको छ। आइतबार ७ अर्ब २६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा सोमबार ७ अर्ब ५२ करोड रुपैयाँ बराबरको  भएको छ। यस दिन २१६ वटा कम्पनीको १ करोड ५९ लाख ८ हजार ४९९ रुपैयाँ कित्ता शेयर ७ अर्ब ५२ करोड ९२ लाख ९० हजार १४६ रुपैयाँमा खरिद बिक्री भएको छ।

सोमबार सात कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ। विशाल बजार कम्पनी, नेशनल माइक्रोफाइनान्स, महिला लघुवित्त, ङादी ग्रुप पावर र सिंगटि हाइड्रोपावरको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेर कारोबार भएको छ।

सोमबार कारोबारमा आएका ३ वटा उपसमूहमध्ये दुई उपसमूहको सूचक सककारात्मक देखिएका छन भने बाँकी ११ उपसमूहको सूचक नकारात्मक देखिएका छन्।

हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ३.५८ प्रतिशतले घटेको छ भने हिमालयन पावर पार्टनरको ३.५३ प्रतिशत, रसुवागढी हाइड्रोपावरको ३.३४ प्रतिशत, जानकी फाइनान्सको ३.२७ प्रतिशत र सिन्धु विकास बैंकको २.७२ प्रतिशतले घटेको छ।

सोमबार अपि पावरको सबैभन्दा धेरै ३९ करोड ३५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल पुर्नविमा कम्पनीको २९ करोड ग्रामिण विकास लघुवित्तको २८ करोड, हिमालयन डिस्टिलरीको २७ करोड र एनसिसि बैंकको २३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

कारोबारमा आएका कम्पनीहरुमध्ये ११३ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ६३ वटा कम्पनीको शेयरमूल्य बढेको छ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]