२०७३ भाद्र २ गते

९ लाख कित्ता शेयर बोलकबोलबाट विक्रि गर्दै सांग्रिला डेभलपमेन्ट बैंक

sangrilaसांग्रिला डेभलपमेन्ट बैंकले नौ लाख ६७ हजार कित्ता सेयर बोलकबोलबाट वितरण गर्ने भएको छ । बैंकले गत बैशाखमा स्थगित गरेको बोलकबोल पुनः सुरु गरेको हो । भदौ १० देखि १५ गतेसम्म बोलकबोल खुला गरिने सांग्रिलाले जनाएको छ । 

बैंकले सस्थापक समूहको अवितरित हकप्रद सेयर बेच्न लागेको हो । यो सेयर सस्थापक समूहका लगानीकर्ताले मात्रै किन्न पाउँनेछन् । न्युनतम एक सय कित्ता देखि अधिकतम १० ले भाग जाने गरी सबै नौ लाख ६७ हजार ५४० कित्ता किन्न आवेदन दिन पाउँछन् । सस्थापक समूहबाट पर्याप्त आवेदन नपरेमा भने अर्को चरणमा सर्वसाधारण पनि किन्न पाउने बताइएको छ । 

बैंकले सो शेयरको विक्री प्रबन्धकमा एनएमबी क्यापिटललाई नियुक्त गरेको छ ।