बैंकिङ खबर/ सबै वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्, जसअनुसार कोरोना महामारीको अवधिमा पनि वाणिज्य बैंकहरूले १२ दशमलब २१ प्रतिशतले नाफा बढाएका छन् । २७ वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ५० अर्ब ४९ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । गत वर्षको यही अवधिमा बैंकहरूले ४५ अर्ब रुपैयाँ नाफा आर्जन गरेका थिए । कोभिडले सम्पूर्ण व्यवसायलाई चपेटामा लिइरहेको अवधिमा समेत बैंकहरूको मुनाफा यो स्तरमा बढ्नु निकै उत्साहजनक हो ।
खुद नाफा, वितरणयोग्य नाफालगायत प्रमुख सूचकहरूमा कुन वाणिज्य बैंक कहाँनिर उभिएको छ त ? चालु आवको नौ महिना (चैत मसान्तसम्म) को परफरमेन्सका आधारमा २७ वटै वाणिज्य बैंकको वित्तीय अवस्थाको तुलनात्मक अध्ययन गरौँ :
१. नबिल बैंक लिमिटेड
खुद नाफा – ३ अर्ब ६८ करोड (१६.५० प्रतिशत वृद्धि)
वितरणयोग्य नाफा – ३ अर्ब ८० करोड २४ लाख
नबिल बैंक लिमिटेडको चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ३ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.५० प्रतिशत बढी हो ।
खुद ब्याज आम्दानी घटे पनि खुद फी तथा कमिसन आम्दानी र अन्य सञ्चालन मुनाफा बढेका कारण खुद नाफा बढ्न पुगेको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.०९ प्रतिशत घटेको छ । समीक्षा अवधिमा बैंकको खुद फी तथा कमिसन आम्दानी १९.८९ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी ३५ करोडबाट बढेर १ अर्ब ५ करोड पुगेको छ । त्यसैगरी, समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा १६.३७ प्रतिशत बढेको छ ।
चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ८० करोड २४ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ४० पैसा छ । चैत मसान्तसम्ममा बैंकको मूल्य–आम्दानी अनुपात ३७.९१ गुणा रहेको छ ।
२. ग्लोबल आइएमई बैंक
खुद नाफा – ३ अर्ब ५७ करोड (३२ प्रतिशत वृद्धि)
वितरणयोग्य नाफा – २ अर्ब ५६ करोड ४५ लाख
ग्लोबल आइएमई बैंकले चालु आवको तेस्रो त्रैमासमा ३२ प्रतिशतले नाफा वृद्धि गरेको छ ।
गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब ७० करोड ६२ लाख रुपैयाँ नाफा कमाएकोमा बैंकले चालु आवको सोही अवधिमा ३ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको हो ।
यस अवधिमा बैंकले निक्षेपमा पनि वृद्धि गरेको छ । बैंकले गत आवको समीक्षा अवधिमा २ खर्ब १२ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा चालु आवको सोही अवधिमा २ खर्ब ४४ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।
त्यसैगरी, बैंकले कर्जा प्रवाहतर्फ पनि वृद्धि गरेको छ । गत आवको समीक्षा अवधिमा १ खर्ब ९० अर्ब ३३ करोड कर्जाप्रवाह गरेको बैंकले चालु आवको सोही अवधिमा २ खर्ब २२ अर्ब ९० करोड रुपैयाँ कर्जाप्रवाह गरेको छ ।
बैंकले गत आवको समीक्षा अवधिमा ६ अर्ब ३३ लाख ब्याज आम्दानी गरेकोमा चालु आवको सोही अवधिसम्ममा ब्याज आम्दानी बढाएर ६ अर्ब ८७ करोड पुर्याएको छ । त्यसैगरी, सञ्चालन आम्दानी ८ अर्ब ६४ करोड रुपैयाँ छ । बैंकको रिजर्भमा ७ अर्ब ९२ करोड ८८ लाख रुपैयाँ छ भने वितरणयोग्य नाफा २ अर्ब ५६ करोड ४५ लाख ८१ हजार रुपैयाँ छ ।
३. एनआईसी एशिया बैंक लिमिटेड
खुद नाफा – ३ अर्ब ४८ लाख (२०.०७ प्रतिशत वृद्धि)
वितरणयोग्य नाफा – १ अर्ब २२ करोड ६ लाख
एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ३ अर्ब ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.०७ प्रतिशत बढी हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.२३ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको खुद फी तथा कमिसन आम्दानी भने ३०.९४ प्रतिशत घटेको छ । बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा २१.९७ प्रतिशत बढेको छ ।
चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २२ करोड ६ लाख रुपैयाँ पुगेको छ ।
खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १९ पैसा बढेर ३४ रुपैयाँ ८७ पैसा पुगेको छ । चैत मसान्तसम्ममा बैंकको मूल्य–आम्दानी अनुपात २७.८२ गुणा रहेको छ ।
गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको चुक्तापुँजी १९ प्रतिशत बढेको छ भने जगेडा कोष १५.२० प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप ३६.५५ प्रतिशत र कर्जा ५४.६० प्रतिशत बढेको छ ।
४. राष्ट्रिय वाणिज्य बैंक
खुद नाफा – ३ अर्ब २७ करोड (७.७० प्रतिशत वृद्धि)
वितरणयोग्य नाफा – ३ अर्ब ४ करोड ३३ लाख
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले सो जानकारी गराएको हो । विवरणअनुसार गत आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा ७.७० प्रतिशत बढेको छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.८९ प्रतिशत घटेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ५.५० प्रतिशत घटेको छ । बैंकको सञ्चालन मुनाफा ६.१५ प्रतिशत बढेको छ । बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ४ करोड ३३ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकको चुक्तापुँजी २ प्रतिशत बढेको छ भने जगेडा कोष २५.७१ प्रतिशत बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा बैंकको निक्षेप ४.२५ प्रतिशत बढेको छ भने कर्जा लगानी ११.०९ प्रतिशत बढेको छ ।
५. प्राइम कमर्सियल बैंक
खुद नाफा – २ अर्ब ८१ करोड (३८.७६ प्रतिशत वृद्धि)
वितरणयोग्य नाफा – २ अर्ब २० करोड ४ लाख
प्राइम कमर्सियल बैंकले चालु आवको नौ महिनामा खुद नाफा ३८ दशमलव ७६ प्रतिशतले बढाएको छ । समीक्षा अवधिमा बैंकले २ अर्ब ८१ करोड ७६ लाख ७६ हजार खुद नाफा कमाएको हो । गत आवको सोही अवधिमा बैंकले २ अर्ब ३ करोड ६ लाख ७५ हजार खुद नाफा गरेको थियो ।
बैंकको सञ्चालन मुनाफा गत वर्षको तुलनामा ३९ दशमलव २८ प्रतिशत बढेर ४ अर्ब ३ करोड ३९ लाख ५६ हजार कायम भएको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म प्राइम कमर्सियल बैंकको वितरणयोग्य मुनाफा २ अर्ब २० करोड ४ लाख ५१ हजार रहेको छ । गत वर्षभन्दा यस वर्ष बैंकको वितरणयोग्य मुनाफा २४३ दशमलव १७ प्रतिशत बढेको हो । गत वर्ष यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा ६४ करोड १२ लाख १३ हजार मात्र थियो ।
गत वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस शेयरपश्चात् चुक्तापुँजी १६ अर्ब ८ करोड ३० लाख ३६ हजार पुगेको बैंकको जगेडा कोषमा १२ दशमलव ७९ प्रतिशतले वृद्धि भएको छ । बैंकको जगेडा कोषमा ७ अर्ब ७८ करोड १ लाख ९९ हजार रुपैयाँ छ ।
निक्षेपतर्फ यस वर्षको समीक्षा अवधिमा १७ दशमलव ६५ प्रतिशत वृद्धि गरी १ खर्ब ४० अर्ब ५२ करोड ३ लाख १८ हजार निक्षेप संकलन गरेको छ । कर्जा लगानीतर्फ बैंकले १६ दशमलव ६८ प्रतिशतले वृद्धि गरेको छ । बैंकले समीक्षा अवधिमा १ खर्ब २८ अर्ब ८५ करोड २६ लाख ४१ हजार कर्जा प्रवाह गरेको छ । बैंकको निष्क्रिय कर्जा अनुपात शून्य दशमलव ९७ प्रतिशतबाट घटेर शून्य दशमलव ८६ प्रतिशत कायम भएको छ । तेस्रो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी २३ दशमलव ३६ रहेको छ ।
६. एनएमबि बैंक
खुद नाफा – २ अर्ब ५१ करोड (८७.८० प्रतिशत वृद्धि)
वितरणयोग्य नाफा – २ अर्ब २७ करोड ५७ लाख
एनएमबि बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ८७ प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजानिक गरेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको छ जुन ८७.८० प्रतिशतले धेरै हो ।
यस अवधिमा बैंकले खुद ब्याज आम्दानी बढाउन नसके पनि फी कमिसनमार्फत हुने आम्दानीमा सुधार गरेको छ भने सञ्चालन आम्दानी पनि बढेको छ । अर्कोतर्फ बैंकको इम्पेरमेन्ट चार्ज पनि घटेको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.३१ प्रतिशतले बढेर ४ अर्ब ३० करोड पुगेको छ भने सञ्चालन नाफा ८६.७८ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा बैंकको निक्षेप संकलन १८ प्रतिशतले बढेको छ भने कर्जा लगानी २८ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब २७ करोड ५७ लाख छ, जुन गत वर्ष सोही अवधिमा ५८ करोड ७७ लाखमा सीमित थियो ।
हाल १६ अर्ब ३२ करोड रुपैयाँ चुक्तापुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ४८ करोड रुपैयाँ छ । बैंकको प्रतिशेयर आम्दानी ११ रुपैयाँबाट बढेर २० रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ रहेको छ ।
बैंकले खराब कर्जामा पनि सामान्य सुधार गर्दै १.४७ प्रतिशतमा झरेको छ ।
७. नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड
खुद नाफा – २ अर्ब २९ करोड (१४.०९ प्रतिशत वृद्धि)
वितरणयोग्य नाफा – १ अर्ब ३८ करोड ५२ लाख
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा २ अर्ब २९ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.०९ प्रतिशत बढी हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.३१ प्रतिशत घटेको छ । त्यसैगरी, समीक्षा अवधिमा बैंकको खुद फी तथा कमिसन आम्दानी ११.८६ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा समीक्षा अवधिमा १५.७८ प्रतिशत बढेको छ ।
चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३८ करोड ५२ लाख रुपैयाँ पुगेको छ । खुद नाफा बढे पनि बैंकको प्रतिशेयर आम्दानी भने स्थिर रहेको छ । चैत मसान्तसम्ममा बैंकको यस्तो आम्दानी २३ रुपैयाँ ३५ पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात १९.८६ गुणा र प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ ७२ रहेको छ ।
८. नेपाल बैंक लिमिटेड
खुद नाफा – २ अर्ब २६ करोड (१३.३१ प्रतिशत वृद्धि)
वितरणयोग्य नाफा – १ अर्ब ४७ करोड ४६ लाख
नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा २ अर्ब २६ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.३१ प्रतिशत बढी हो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा सामान्य बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.७५ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २९.७६ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ६ करोड १९ लाख रुपैयाँ ऋणात्मक रहेको बैंकको वितरणयोग्य मुनाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ४७ करोड ४६ लाख रुपैयाँ धनात्मक भएको छ ।
खुद नाफा बढे पनि बैंकको प्रतिशेयर आम्दानी भने समीक्षा अवधिमा घटेको छ । गत आर्थिक वर्षको मुनाफाबाट १२ प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापुँजी १२ अर्ब ६३ करोड ६७ लाख रुपैयाँ पुर्याएको बैंकको प्रतिशेयर आम्दानी समीक्षा अवधिमा ३ रुपैयाँ २६ पैसा घटेर २३ रुपैयाँ ८७ पैसामा सीमित भएको छ । सो अवधिसम्ममा बैंकको मूल्य–आम्दानी अनुपात १९.२३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २७० रुपैयाँ २२ पैसा रहेको छ ।
९. प्रभु बैंक लिमिटेड
खुद नाफा – २ अर्ब ११ करोड (४४.०८ प्रतिशत वृद्धि)
वितरणयोग्य नाफा – १ अर्ब ५९ करोड ३९ लाख
प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अवधिमा उत्साहजनक प्रगति गरेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले २ अर्ब १० करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४४.०८ प्रतिशत बढी हो ।
बैंकको खुद ब्याज आम्दानी ६.६० प्रतिशत बढेको छ । त्यसैगरी, खुद फी तथा कमिसन आम्दानी ४२.०७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४६.८५ प्रतिशत बढेको छ । नौ महिनामा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५९ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।
खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ९० पैसा बढेर २४ रुपैयाँ ७९ पैसा पुगेको छ । चैत मसान्तसम्ममा बैंकको मूल्य–आम्दानी अनुपात १८.७६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ ८६ पैसा रहेको छ ।
गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको चुक्तापुँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष १८.२५ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप १८.२५ प्रतिशत र कर्जा ३५.१२ प्रतिशत बढेको छ ।
१०. कृषि विकास बैंक
खुद नाफा – २ अर्ब ७ करोड (१.३९ प्रतिशत वृद्धि)
वितरणयोग्य नाफा – १ अर्ब ४३ करोड १९ लाख
कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफामा झिनो वृद्धिसहितको विवरण सर्वजनिक गरेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले २ अर्ब ७ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.३९ प्रतिशत बढी हो ।
खुद ब्याज आम्दानीसँगै सञ्चालन मुनाफा झिनो दरमा बढ्दा खुद नाफा पनि थोरै बढ्न पुगेको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.५३ प्रतिशत बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा बैंकको खुद फी तथा कमिसन आम्दानी २१.४९ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा २.२९ प्रतिशत बढेको छ ।
चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४३ करोड १९ लाख रुपैयाँ पुगेको छ । खुद नाफा बढे पनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ३७ पैसा घटेर २५ रुपैयाँ १५ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात २०.०५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २६ रुपैयाँ ८२ पैसा रहेको छ ।
गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको चुक्तापुँजी १५ प्रतिशत बढेको छ भने जगेडा कोष ४.९१ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप १.२१ प्रतिशत र कर्जा १९.७७ प्रतिशत बढेको छ ।
गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको निष्क्रिय कर्जा ०.५७ प्रतिशतविन्दु घटेर ३.०८ प्रतिशतमा झरेको छ ।
११. सिद्धार्थ बैंक
खुद नाफा – २ अर्ब ६ करोड (५४.१२ प्रतिशत वृद्धि)
वितरणयोग्य नाफा – ८३ करोड १४ लाख
सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब ६ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५४.१२ प्रतिशत बढी हो ।
खुद ब्याज आम्दानी घटे पनि अन्य सञ्चालन आम्दानी बढेको र निष्क्रिय कर्जा घटेका कारण खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.०३ प्रतिशत घटेको छ । तर, सो अवधिमा बैंकको खुद फी तथा कमिसन आम्दानी १९.८२ प्रतिशत र सञ्चालन मुनाफा ५०.७५ प्रतिशत बढेको छ ।
चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ८३ करोड १४ लाख रुपैयाँ पुगेको छ । खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ ३७ पैसा बढेर २५ रुपैयाँ २८ पैसा पुगेको छ । चैत मसान्तसम्ममा बैंकको मूल्य–आम्दानी अनुपात १७.६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८१ रुपैयाँ ८९ पैसा रहेको छ ।
गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको चुक्तापुँजी १२ प्रतिशत बढेको छ भने जगेडा कोष ४४.२५ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप २३.४२ प्रतिशत र कर्जा २३.८६ प्रतिशत बढेको छ ।
गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको निष्क्रिय कर्जा १.३६ प्रतिशतविन्दु घटेर ०.८८ प्रतिशतमा झरेको छ ।
१२. मेगा बैंक
खुद नाफा – १ अर्ब ९७ करोड (३५.९४ प्रतिशत वृद्धि)
वितरणयोग्य नाफा – १ अर्ब २९ करोड ७७ लाख
मेगा बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब ९७ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकको नाफा गत वर्षको यसै अवधिको तुलनामा ३५ दशमलव ९४ प्रतिशत धेरै हो । गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ४५ करोड १० रुपैयाँ नाफा कमाएको थियो ।
चैत मसान्तसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब २९ करोड ७७ लाख रुपैयाँ रहेको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः २८ दशमलव ४२ प्रतिशत र ३३ दशमलव ३३ प्रतिशत बढाउन बैंक सफल भएको छ । गत वर्षको यसै अवधिका ३ अर्ब १८ करोड ३३ लाख ८८ हजार रुपैयाँ रहेको बैंकको आम्दानी ४ अर्ब ८ करोड ८२ लाख रुपैयाँ पु¥याउन सफल भएको हो ।
बैंकले चालु आवको नौ महिनामा सञ्चालन मुनाफा २ अर्ब ७७ करोड २ लाख रुपैयाँ आर्जन गरेको छ, जुन गत वर्षको यसै अवधिका २ अर्ब ७ करोड ७५ लाख रहेको थियो ।
हाल बैंकको चुक्तापुँजी १४ अर्ब ६५ करोड रुपैयाँ छ । बैंकको जगेडा कोषमा २ अर्ब ९७ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी १८ रुपैयाँ १९ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ४१ पैसा छ ।
मेगा बैंकको खराब कर्जा ० दशमलव ०१ प्रतिशतले घटेर १ दशमलव ३१ प्रतिशतमा झरेको छ । गत वर्षको यसै अवधिमा बैंकको खराब कर्जा १ दशमलव ३२ प्रतिशत थियो ।
१३. सानिमा बैंक
खुद नाफा – १ अर्ब ८५ करोड (१४.६६ प्रतिशत वृद्धि)
वितरणयोग्य नाफा – १ अर्ब ४० करोड ९५ लाख
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सानिमा बैंक लिमिटेडले खुद नाफामा १४.६६ प्रतिशतले वृद्धि गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकको समीक्षा अवधिसम्मको खुद नाफा १ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
तेस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४० करोड ९५ लाख रुपैयाँ रहेको छ । बैंकको सञ्चालन मुनाफा २ अर्ब ६४ करोड रुपैयाँ छ, जुन गत वर्षको यही अवधिको तुलनामा १४.९५ प्रतिशतले बढी हो । गत वर्ष यस्तो मुनाफा २ अर्ब २९ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.९० प्रतिशतले बढेर ३ अर्ब २७ करोड रुपैयाँमा पुगेको छ । गत वर्ष यस्तो आम्दानी ३ अर्ब २४ करोड रुपैयाँ थियो ।
१४. कुमारी बैंक लिमिटेड
खुद नाफा – १ अर्ब ८० करोड (७८.५८ प्रतिशत वृद्धि)
वितरणयोग्य नाफा – ९८ करोड ४६ लाख
कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ८० करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको तेस्रो त्रैमाससम्मको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७८.५८ प्रतिशत बढी हो ।
चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९८ करोड ४६ लाख रुपैयाँ रहेको छ । बैंकको खुद ब्याज आम्दानी ३९.०४ प्रतिशत बढेको छ भने खुद फी तथा कमिसन आम्दानी ४३.६४ प्रतिशत बढेको छ । बैंकको अन्य सञ्चालन आम्दानी साढे ७ करोडबाट बढेर करिब ३२ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ७४.४१ प्रतिशत बढेको छ । चैत मसान्तसम्ममा बैंकको ५१ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएको छ ।
खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ २४ पैसा बढेर १७ रुपैयाँ ३४ पैसा पुगेको छ । चैत मसान्तसम्ममा बैंकको मूल्य–आम्दानी अनुपात १८.८८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ४९ पैसा रहेको छ । गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको चुक्तापुँजी १०.८५ प्रतिशत बढेको छ भने जगेडा कोष ३.७३ प्रतिशत बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा बैंकको निक्षेप ९.५७ प्रतिशत र कर्जा १६.५५ प्रतिशत बढेको छ ।
१५. नेपाल बंगलादेश बैंक लिमिटेड
खुद नाफा – १ अर्ब ६३ करोड (६३.०२ प्रतिशत वृद्धि)
वितरणयोग्य नाफा – ५८ करोड ३२ लाख
नेपाल बंगलादेश बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद ब्याज आम्दानी घटे पनि खुद नाफा बढेको छ । चालु आवको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ६३ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६३.०२ प्रतिशत बढी हो ।
खुद ब्याज आम्दानी घटे पनि फी तथा कमिसन आम्दानी र अन्य सञ्चालन आम्दानी बढेका कारण खुद नाफा बढ्न पुगेको हो । यसका साथै इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण पनि खुद नाफा बढ्न सहयोग पुगेको देखिन्छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.३५ प्रतिशत घटेको छ । यद्यपि, बैंकको फी तथा कमिसन आम्दानी ११.०९ प्रतिशत र अन्य सञ्चालन आम्दानी ५१४.५० प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ५६.४१ प्रतिशत बढेको छ ।
चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९८ करोड ३२ लाख रुपैयाँ पुगेको छ ।
१६. सिटिजन्स बैंक लिमिटेड
खुद नाफा – १ अर्ब ५४ करोड (४१.६१ प्रतिशत वृद्धि)
वितरणयोग्य नाफा – १ अर्ब ३४ करोड ६२ लाख
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सिटिजन्स बैंक लिमिटेडले खुद नाफामा ४१.६१ प्रतिशतले वृद्धि गरेको छ । पछिल्लो समय निरन्तर प्रगतिउन्मुख देखिएको बैंकको समीक्षा अवधिसम्मको खुद नाफा १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । खुद ब्याज आम्दानीसँगै फी कमिसन, डिस्काउन्ट आय र गैरसञ्चालन आम्दानी बढेपछि बैंकको खुद नाफामा वृद्धि आएको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.१९ प्रतिशतले बढेर २ अर्ब ५४ करोड कायम भएको छ भने खुद फी कमिसनमा ३७.२१ प्रतिशतले वृद्धि भएको छ । नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ६६ पैसाले बढेर १७ रुपैयाँ ६७ पैसा पुगेको छ ।
समीक्षा अवधिमा बैंकले निक्षेप ४३.६८ र कर्जा ३७.९२ प्रतिशत बढाएको छ । बैंकको निष्क्रिय कर्जा भने बढेको छ । चालु आवको चैत मसान्तसम्म बैंकको निष्क्रिय कर्जा १.८३ प्रतिशत छ, जुन गत वर्ष सोही अवधिमा १ प्रतिशतभन्दा कम (०.९७ प्रतिशत) थियो ।
समीक्षा अवधिमा बैंकले वितरणयोग्य मुनाफामा २२७.५८ प्रतिशतले छलाङ मारेको छ । हाल बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३४ करोड ६२ लाख रुपैयाँ छ ।
तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्तिपश्चात् (१४ चैत ०७७ मा एकीकृत कारोबार सुरु) बैंकको चुक्तापुँजी ११ अर्ब ६६ करोड २० लाख पुगेको जुन गत असारमसान्तको तुलनामा २८.५८ प्रतिशतले बढी हो । समीक्षा अवधिमा बैंकको जगेडा कोषमा २६.३० प्रतिशत वृद्धि भई कुल ५ अर्ब ४६ करोड ६० लाख रकम छ ।
१७. एभरेष्ट बैंक
खुद नाफा – १ अर्ब ५० करोड (३५.९३ प्रतिशत ह्रास)
वितरणयोग्य नाफा – १ अर्ब ६ करोड ५३ लाख
एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद ब्याज आम्दानी र खुद नाफा घटेको विवरण सार्वजनिक गरेको छ । चैत मसान्तसम्ममा बैंकले १ अर्ब ५० करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.९३ प्रतिशत कम हो ।
खुद ब्याज आम्दानीसँगै अन्य आम्दानी घटेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३५.२५ प्रतिशत घटेको छ । त्यसैगरी, खुद फी तथा कमिसन आम्दानी २८.०६ प्रतिशत र सञ्चालन मुनाफा ३५.९३ प्रतिशत घटेको छ ।
चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६ करोड ५३ लाख रुपैयाँ पुगेको छ । खुद नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि कमी आएको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १४ रुपैयाँ ३६ पैसा घटेर २२ रुपैयाँ ५० पैसामा सीमित भएको छ । चैत मसान्तसम्ममा बैंकको मूल्य–आम्दानी अनुपात ३६.०२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ७२ पैसा रहेको छ ।
१८. माछापुछ्रे बैंक
खुद नाफा – १ अर्ब २९ करोड (१०.६१ प्रतिशत वृद्धि)
वितरणयोग्य नाफा – ८४ करोड ६० लाख
चालु आवको तेस्रो त्रैमाससम्ममा माछापुछ्रे बैंकले नाफामा १०.६१ प्रतिशतले वृद्धि गरेको छ । बैंकले चालु आवको नौ महिनामा १ अर्ब २९ करोड ६ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको समीक्षा अवधिमा बैंकले १ अर्ब १६ करोड ६८ लाख रुपैयाँ कमाएको थियो ।
बैंकले समीक्षा अवधिमा निक्षेप संकलनमा २०.५६ प्रतिशतले वृद्धि गरेको छ । गत आवको समीक्षा अवधिमा निक्षेप संकलन १ खर्ब ४ अर्ब ९ करोड रुपैयाँ गरेकोमा बैंकले चालु आवको सोही अवधिमा निक्षेप संकलन १ खर्ब २५ अर्ब ४९ करोड रुपैयाँ गरेको छ ।
बैंकले कर्जा प्रवाहतर्फ पनि वृद्धि गरेको छ । गत आवको समीक्षा अवधिमा ९२ अर्ब ५२ करोड कर्जा प्रवाह गरेकोमा बैंकले चालु आवको सोही अवधिमा कर्जा प्रवाह बढाएर १ खर्ब १२ अर्ब ५७ करोड पु¥याएको छ ।
बैंकको जगेडा कोषमा १२ अर्ब ६१ करोड रुपैयाँ छ भने वितरणयोग्य मुनाफा ८४ करोड ६० लाख रुपैयाँ छ ।
बैंकको खराब कर्जा ०.५१ प्रतिशत, कस्ट अफ फन्ड ५.१० प्रतिशत, सिसिडी रेसियो ८०.३९ प्रतिशत, बेस रेट ७.०९ प्रतिशत र स्प्रेड रेट ४.०४ प्रतिशत छ ।
१९. हिमालयन बैंक
खुद नाफा – १ अर्ब २८ करोड (४४.४५ प्रतिशत ह्रास)
वितरणयोग्य नाफा – ८४ करोड ७६ लाख
हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब २८ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४.४५ प्रतिशत कम हो ।
खुद ब्याज आम्दानीसँगै अन्य आम्दानी पनि घटेका कारण खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २९.४५ प्रतिशत घटेको छ । त्यसैगरी, समीक्षा अवधिमा बैंकको खुद फी तथा कमिसन आम्दानी ४.७४ प्रतिशत र सञ्चालन मुनाफा ३९.०८ प्रतिशत घटेको छ ।
चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ८४ करोड ७६ लाख रुपैयाँ पुगेको छ । खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १६ रुपैयाँ ९० पैसा घटेर १६ रुपैयाँ ६ पैसामा सीमित भएको छ । बैंकको मूल्य–आम्दानी अनुपात ३२.३७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ८१ पैसा रहेको छ ।
गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको चुक्तापुँजी १४ प्रतिशत बढेको छ भने जगेडा कोष ६.६२ प्रतिशत घटेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप ५.५७ प्रतिशत र कर्जा १९.५० प्रतिशत बढेको छ । गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको निष्क्रिय कर्जा ०.३० प्रतिशतविन्दु घटेर ०.८१ प्रतिशतमा झरेको छ ।
२०. लक्ष्मी बैंक
खुद नाफा – १ अर्ब २८ करोड (१८.१८ प्रतिशत वृद्धि)
वितरणयोग्य नाफा – ८४ करोड ७६ लाख
लक्ष्मी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १८ प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ८ करोड रुपैयाँ नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको छ जुन १८.१८ प्रतिशतले धेरै हो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी घटे पनि फी कमिसनमार्फत हुने आम्दानी र सञ्चालन आम्दानी बढेको छ । अर्कोतर्फ बैंकको इम्पेरिमेन्ट चार्ज पनि घटेको छ, जसले नाफा बढ्नमा सहयोग पुगेको देखिन्छ ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.८८ प्रतिशतले घटेर २ अर्ब ३५ करोड पुगेको छ भने सञ्चालन नाफा १५.६९ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ८४ करोड ७६ लाख रुपैयाँ छ, जुन गत वर्ष सोही अवधिमा ४१ करोड ऋणात्मक थियो ।
समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ८ प्रतिशतले बढेको छ भने कर्जा लगानी १६ प्रतिशतले बढेको छ ।
हाल १० अर्ब ६९ करोड रुपैयाँ चुक्तापुँजी रहेको बैंकको जगेडामा ४ अर्ब ८ करोड रुपैयाँ छ । बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँबाट बढेर १६ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ रहेको छ । बैंकले खराब कर्जामा पनि १.७८ प्रतिशतबाट घटेर ०.७१ प्रतिशतमा झरेको छ ।
२१. स्ट्यान्डर्ड चार्टर्ड बैंक
खुद नाफा – १ अर्ब १८ करोड (३४.३३ प्रतिशत ह्रास)
वितरणयोग्य नाफा – ९५ करोड ५९ लाख
स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा ३४.३३ प्रतिशतले घटेको छ । बैंकले चालु आवको तेस्रो त्रैमासमा प्रकाशित गरेको वित्तीय विवरणअनुसार बैंकले नौ महिनामा जम्मा १ अर्ब १८ करोड रुपैयाँ मुनाफा कमाएको छ । गत आवको समीक्षा अवधिमा बैंकले १ अर्ब ८० करोड नाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ । चालु आवको नौ महिनामा बैंकको यस्तो आम्दानी १ अर्ब ८३ करोडमा सीमित भएको छ, जुन गत वर्ष २ अर्ब ७३ करोड रुपैयाँ थियो ।
त्यसैगरी, बैंकको सञ्चालन आम्दानी पनि घटेको छ । बैंकको यस्तो आम्दानी २ अर्ब ९४ करोडमा सीमित भएको छ, जुन बैंकको गत आवको समीक्षा अवधिमा ३ अर्ब ८७ करोड थियो । त्यसैगरी, सञ्चालन नाफा पनि घटेको छ । गत आवमा २ अर्ब ५८ करोड रुपैयाँ रहेको सञ्चालन नाफा चालु आवमा १ अर्ब ६९ करोडमा सीमित भएको छ ।
बैंकले निक्षेप संकलन पनि घटाएको छ । गत आवको सोही अवधिमा ९५ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा चालु आवको सोही अवधिमा ७८ अर्ब ३८ करोडमा सीमित भएको छ ।
त्यसैगरी, कर्जा प्रवाहतर्फ गत आवको समीक्षा अवधिमा ५३ अर्ब ९२ करोड भएकोमा चालु आवमा बढेर ६१ अर्ब ९५ करोड पुगेको छ ।
बैंकको जगेडा कोषमा ५ अर्ब ७० करोड रुपैयाँ छ भने वितरणयोग्य नाफा ९५ करोड ५९ लाख रुपैयाँ छ ।
बैंकको प्रतिशेयर आम्दानी १८.४१ रुपैयाँ, मूल्य–आम्दानी अनुपात ३३.०३, प्रतिसेयर नेटवर्थ १८६.९५ रुपैयाँ, खराब कर्जा ०.५० प्रतिशत, कस्ट अफ फन्ड ३.४५ प्रतिशत, सिसिडी रेसियो ७४.६५ प्रतिशत छ ।
२२. बैंक अफ काठमाण्डू लिमिटेड
खुद नाफा – १ अर्ब १७ करोड (३३.७८ प्रतिशत वृद्धि)
वितरणयोग्य नाफा – ८५ करोड ६९ लाख
बैंक अफ काठमाण्डूले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म प्रमुख सूचकहरू उत्साहजनक रहेको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आवको ९ महिनामा १ अर्ब १६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको नाफा गत वर्षको यसै अवधिको भन्दा ३३ दशमलव ७८ प्रतिशतले धेरै हो । गत वर्षको यसै अवधिमा बैंकले ८७ करोड ३४ लाख नाफा आर्जन गरेको थियो ।
यस अवधिसम्म बैंकले खुद ब्याज आम्दानी घट्दा पनि नाफामा उल्लेख्य सुधार गरेको छ । बैंकको सञ्चालन नाफामा उल्लेख्य वृद्धि भएको हो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १८ प्रतिशतले घटेर २ अर्ब ३५ करोड रुपैयाँमा झरेको छ भने सञ्चालन नाफा ३५ प्रतिशतले बढेर १ अर्ब ७६ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।
बैंकको वितरणयोग्य मुनाफा गत वर्षको पहिलो नौ महिनामा नौ करोड रुपैयाँले ऋणात्मक रहेकोमा चालु आवको सोही अवधिमा ८५ करोड रुपैयाँ धनात्मक रहेको छ ।
यस अवधिमा बैंकको निक्षेप संकलन ४ प्रतिशतभन्दा बढीले बढेर ९६ अर्ब ५७ करोड ५९ लाख पुगेको छ । बैंकले चैत मसान्तसम्म कर्जा लगानीमा २२ प्रतिशतले वृद्धि गर्दै ९२ अर्ब ७७ करोड रुपैयाँ पु¥याएको छ ।
हाल ९ अर्ब ६५ करोड चुक्तापुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ४१ करोड रुपैयाँ छ । बैंकको प्रतिशेयर आम्दानी पनि १३ रुपैयाँबाट बढेर १६ रुपैयाँ पुगेको छ ।
२३. सनराइज बैंक
खुद नाफा – १ अर्ब १३ करोड (२०.८२ प्रतिशत वृद्धि)
वितरणयोग्य नाफा – ३१ करोड ८३ लाख
सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २० प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको नौ महिनामा बैंकले १ अर्ब १३ करोड रुपैयाँ खुद नाफा कमाएको छ जुन गत आवको तुलनामा २०.८२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले ९३ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको बैंकले
बैंकको मुख्य स्रोतको आम्दानी अर्थात् खुद ब्याज आम्दानी घटे पनि अन्य स्रोतमार्फत हुने आम्दानी बढ्दा उसको नाफा बढेको हो । बैंकको इम्पेरमेन्ट चार्ज घट्दा पनि उसको नाफामा वृद्धि देखिएको हो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १४ प्रतिशतले घटेर २ अर्ब ५७ करोड रुपैयाँमा झरेको छ भने सञ्चालन नाफा पनि २५.८८ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकले सम्भावित जोखिमबापत १७ करोड ५६ लाख रुपैयाँ छुट्याएको छ ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३१ करोड ८३ लाख छ, जुन गत वर्ष सोही अवधिमा १७ करोड ५५ लाख ऋणात्मक थियो ।
समीक्षा अवधिमा बैंकको निक्षेप संकलन १२ प्रतिशतभन्दा धेरैले बढेको छ भने कर्जा लगानी १५ प्रतिशतले बढेको छ । हाल ९ अर्ब ४८ करोड रुपैयाँ चुक्तापुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ८४ करोड रुपैयाँ छ । बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँबाट १५ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ रहेको छ ।
२४. नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंक
खुद नाफा – १ अर्ब १० करोड (५.५५ प्रतिशत ह्रास)
वितरणयोग्य नाफा – ८७ करोड ९४ लाख
नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकको नाफा चालु आवको नौ महिनामा ५ दशमलव ५५ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा कम्पनीले १ अर्ब १० करोड ११ लाख ८० हजार खुद नाफा गरेको छ । गत सोही अवधिमा बैंकले १ अर्ब १६ करोड ५८ लाख ८५ हजार कमाएको थियो ।
कम्पनीको सञ्चालन नाफामा यस वर्ष ५ दशमलव ६२ प्रतिशतले कमी आई १ अर्ब ५५ करोड १९ लाख ७८ हजार कायम भएको छ ।
तेस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य मुनाफा ८७ करोड ९३ लाख ९४ हजार छ । गत वर्ष यस्तो मुनाफा ३० करोड ५३ लाख २९ हजार मात्र थियो ।
गत वर्षको मुनाफाबाट १० दशमलव २७ प्रतिशत बोनस शेयर दिएपछि बैंकको चुक्तापुँजी १० अर्ब ३१ करोड ४५ लाख १६ हजार पुगेको छ । बैंकको जगेडा कोषमा ३ दशमलव ६९ प्रतिशतले वृद्धि आएको छ । हाल बैंकको जगेडा कोषमा ३ अर्ब ९४ करोड ७७ लाख ४८ हजार रहेको छ ।
बैंकले निक्षेप संकलनमा ३९ दशमलव ८३ प्रतिशतले वृद्धि गरेको छ । चालु आवको नौ महिनामा बैंकले १ खर्ब १ अर्ब ८१ करोड ९१ लाख १० हजार निक्षेप संकलन गरेको छ । कर्जातर्फ गत वर्षको तुलनामा ३६ दशमलव २५ प्रतिशत वृद्धि गर्दै बैंकले ८८ अर्ब ५९ करोड १५ लाख २ हजार रुपैयाँ लगानी गरेको छ ।
निष्क्रिय कर्जा २ दशमलव ७५ प्रतिशतबाट घटेर २ दशमलव शून्य ५ प्रतिशतमा झरेको एनसिसी बैंकको प्रतिशेयर आम्दानी १४ दशमलव २३ रुपैयाँ रहेको छ ।
२५. नेपाल एसबिआई बैंक
खुद नाफा – ८७ करोड ८६ लाख (३८.९१ प्रतिशत ह्रास)
वितरणयोग्य नाफा – ४४ करोड ४६ लाख
चालु आवको नौ महिनामा नेपाल एसबिआई बैंकको नाफा ३८.९१ प्रतिशतले घटेको हो । यस अवधिमा बैंकले ८७ करोड ८६ लाख रुपैयाँ नाफा गरेको छ, जुन गत वर्ष सोही अवधिमा १ अर्ब ४३ करोड थियो । खद ब्याज आम्दानीसँगै सञ्चालन मुनामा घटेका कारण बैंकको मुनाफामा दबाब परेको हो ।
बैंकको खुद ब्याज आम्दानी ३८ प्रतिशत र सञ्चालन नामा ३८ प्रतिशतले घटेको छ । यस अवधिमा बैंकले कुल १ अर्ब ९५ करोड खुद ब्याज आम्दानी गरेको छ ।
बैंकको वितरणयोग्य नाफा ४४ करोड ४६ लाख पुगेको छ, जुन अघिल्लो वर्ष सोही अवधिमा १० करोड मात्र थियो । बैंकको निक्षेप संकलन ८ प्रतिशतले घटेको छ भने कर्जा लगानी ७ प्रतिशतले बढेको छ ।
बैंकको हालको चुक्तापुँजी ९ अर्ब ४९ करोड छ । बैंकको जगेडा कोषमा ४ अर्ब ८० करोड रुपैयाँ छ । बैंकको प्रतिशेयर आम्दानी झन्डै आधा घटेर १२ रुपैयाँमा झरेको छ, जुन २१ रुपैयाँ थियो । प्रतिशेयर नेटवर्थमा भने बैंक १६१ रुपैयाँका साथ राम्रै अवस्थामा छ ।
२६. सिभिल बैंक
खुद नाफा – ५० करोड २५ लाख (३९.३९ प्रतिशत वृद्धि)
वितरणयोग्य नाफा – ३० करोड ७७ लाख
सिभिल बैंकले चालु आवको ९ महिनामा ५० करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ३९.३९ प्रतिशत बढी हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी घटे पनि निष्क्रिय कर्जा र इम्पेरमेन्ट चार्ज घटेका कारण खुद मुनाफा बढ्न टेवा पुगेको हो । समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा १.१३ प्रतिशतमा सीमित भएको छ, जुन गत आवको सोही अवधिमा ३.४३ प्रतिशत थियो । बैंकको इम्पेरमेन्ट चार्ज ६२ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानीमा ९.८७ प्रतिशतले ह्रास आए पनि सञ्चालन आम्दानीमा ६२.१७ प्रतिशतको वृद्धि देखिएको छ ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३० करोड ७७ लाख पुगेको छ, जुन गत वर्ष सोही अवधिमा ११ करोडमा सीमित थियो । खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि केही सुधार आएको छ । बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ७४ पैसाले बढेर ७ रुपैयाँ ७५ पैसा पुगेको छ । चैत मसान्तमा बैंकको मूल्य–आम्दानी अनुपात ३०.७ गुणा छ भने प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ छ ।
सिभिल बैंकले चालु आवको नौ महिनामा कर्जा तथा ऋण लगानीमा उल्लेख्य वृद्धि गरेको छ । गत आर्थिक वर्षको चैत्र मसान्तको तुलनामा सिभिल बैंकको निक्षेप ६१.९६५ प्रतिशतले बढेको छ भने कर्जा लगानी ५४.६७ % ले बढेको छ ।
बैंकले समीक्षा अवधिमा ८७.८९ अर्ब निक्षेप संकलन गरी ८१.४४ अर्ब कर्जाप्रवाह गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले ५४.२६ अर्ब निक्षेप संकलन गरी ५२.६५ अर्ब कर्जाप्रवाह गरेको थियो ।
२७. सेन्चुरी कमर्सियल बैंक
खुद नाफा – ३५ करोड ८१ लाख (६०.८९ प्रतिशत ह्रास)
वितरणयोग्य नाफा – २२ करोड २९ लाख
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सेन्चुरी कमर्सियल बैंकको खुद नाफा घटेको छ । यस अवधिमा ६०.८९% ले घटेर बैंकको खुद नाफा ३५ करोड ८१ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसैअवधिमा बैंकले ९१ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफा प्रभावित भएको हो । चैत मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी १४.८२% ले घटेर १ अर्ब ९१ करोड रुपैयाँमा खुम्चिएको छ । त्यस्तै, सञ्चालन नाफा ६२.७४% ले घटेर ४७ करोड २९ लाख रुपैयाँमा सीमित भएको छ ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा भने बढेर २२ करोड २९ लाख रुपैयाँ पुगेको छ, जुन १३ करोडमा सीमित थियो । बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ २२ पैसाले घटेर ५ रुपैयाँ २९ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ८१ पैसा छ ।