Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

निषेधाज्ञाको पहिलो दिन सेयर बजारमा हरियाली

२०७८ बैशाख १६ गते

बैंकिङ खबर/ काठमाडौं उपत्यकामा बिहीबारदेखि शुरु भएको निषेधाज्ञाको पहिलो दिन सेयर बजार हरियो भएर बन्द भएको छ । बिहीबार नेप्से परिसूचक २५.८२ अंकले बढेर २६११.१० अंकमा पुगेको छ ।

बिहीबार १५६ कम्पनीको सेयर मूल्य बढ्दा ४३ कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी १८ वटा कम्पनीको सेयर मूल्य स्थिर छ । यो दिन ९८ लाख १८ हजार ४६ कित्ता सेयर ४ अर्ब ३५ करोड ७० लाख १९ हजार २४८.६८ रुपैयाँमा कारोबार भएको छ ।
यस्तै बिहीबार ३ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा महिला लघुवित्त र सिंगटी इनर्जीको कम्पनीमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ भने विशाल बजार कम्पनीको सेयर मूल्यमा ९.९ प्रतिशतको उछाल देखिएको छ ।

त्यसैगरी सानजेन जलविद्यूत्को सेयर मूल्य ८.५६ प्रतिशतले बढ्दा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सेयर मूल्य ७.३० प्रतिशतले बढेको छ । बिहीबार श्री इन्भेस्टमेन्ट फाइनान्स, नेपाल हाइड्रो डेभलपर्स, युनिलिभर नेपालले सबैभन्दा बढी गुमाएका छन् ।

Ad