Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयर बजारमा ‘बाउन्स ब्याक’, ९२ अंकको उछाल

२०७८ बैशाख १४ गते


बैंकिङ खबर/अघिल्ला दुई दिन १४० अंकले ओरालो लागेको सेयर बजार परिसूचक नेप्से मंगलबार ‘बाउन्स ब्याक’ भएको छ । आज एकैदिन ९२ अंकले नेप्से बढेको छ । आइतबार नेप्से ७५ अंकले ओर्लिएको थियो भने सोमबार ६५ अंकले झरेको थियो ।
मंगलबार नेप्से ९२.४६ अंकले बढेर २५९९.०८ अंकमा पुगेको छ । जीवन बीमा र निर्जीवन बिमा समूहमा ५०० अंक बढीको वृद्धि भएको छ । जीवन बिमा समूह सबैभन्दा उच्च ५५८ अंकले बढ्दा निर्जीवन बिमा समूह पनि ५४३ अंकले बढेको छ ।

यस्तै, उत्पादनमूलक समूह २३९ अंकले बढेका दिन लघुवित्त समूहमा पनि २३७ अंकले बढेको छ । जलविद्युत् समूह १५० अंकले बढेको छ । अन्य समूह ६९ अंकले उक्लिदा वाणिज्य बैंक समूह पनि ४५ अंकले बढेको छ ।
मंगलबार २१६ कम्पनीको १ करोड २ लाख कित्ता सेयर ५ अर्ब १० करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको छ ।

Ad