Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सिंगटी हाइड्रोको शेयर नेप्सेमा सूचीकृत

२०७८ बैशाख १४ गते


बैंकिङ खबर/सिंगटी हाइड्रो इनर्जी लिमिटेडको शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १ करोड ४५ लाख कित्ता सर्वसाधारण शेयर नेप्सेमा सूचीकृत भएको हो ।

सर्वसाधारणलाई निष्काशन गरेको २९ लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि निष्काशन गरेको १४ लाख ५० हजार कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको १ करोड १ लाख ५० हजार कित्ता समेत गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको शेयर  बुधबार देखि कारोबारमा आउने छ ।

 

Ad