April 25th, 2021

मर्जर र प्राप्तिपछि बलियो बन्दै मिर्मिरे लघुवित्त, नाफा पाँच गुणा वृद्धि


बैंकिङ खबर/मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा झण्डै पाँच गुणा बढी खुद नाफा कमाएको छ ।
सहकारीले हालै सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चैत मसान्तसम्ममा १४ करोड ७५ लाख २ हजार खुद नाफा गरेको छ । जुन गत आवको यसै अवधिमा उसको नाफा २ करोड ९९ लाख ३६ हजार मात्र थियो । स्वेडा, नागबेली लघुवित्त लगायतलाई गाभेपछि मिर्मिरेको प्रगति उच्च देखिएको हो। जसले श्रृजनशिल लघुवित्तलाई पनि एक्वायर गर्दैछ ।

यसवर्ष संस्थाले १ अर्ब ८७ करोड ६७ लाख निक्षेप संकलन गरेर ६ अर्ब ५० करोड ४७ लाख कर्जा प्रवाह गरेको छ । जसले अन्य संस्थाहरुबाट ४ अर्ब २२ करोड ९ लाख कर्जा सापटी लिएको छ । कम्पनीको निक्षेप संकलन गत वर्षभन्दा यस वर्ष ९६ प्रतिशत र कर्जा प्रवाह १५९ प्रतिशत बढी हो ।

हाल कम्पनीको चुक्तापूँजी ३९ करोड ८९ लाख २६ हजार रहेको छ भने जगेडा कोषमा २५ करोड ६२ लाख ८२ हजार छ । कम्पनीको प्रतिशेयर आम्दानी ४९.३४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १६४.२९ रुपैयाँ छ । लघुवित्तको निष्क्रिय कर्जा भने १.९५ प्रतिशतबाट बढेर २.२६ प्रतिशत पुगेको छ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]