April 22nd, 2021

एनआईसी एशिया लघुवित्तको खुद नाफा ४२ करोड ७२ लाख


बैंकिङ खबर/एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४२ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
लघुवित्तको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको अधिकांश सूचकमा उल्लेख्य सुधार देखिएको छ।
लघुवित्तको खुद ब्याज आम्दानी २४२.९४ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा समीक्षा अवधिमा २२०.१८ प्रतिशत बढेको छ।

खुद नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानीमा पनि उल्लेख्य सुधार भएको छ। लघुवित्तको प्रतिशेयर आम्दानी समीक्षा अवधिमा १६ रुपैयाँ ४६ पैसा बढेर ३२ रुपैयाँ ७५ पैसा पुगेको छ। चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ५१.८८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ७२ पैसा रहेको छ।

गत आर्थिक वर्षको असार मसान्तको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा चुक्ता पूँजी ७३.१६ प्रतिशत बढाएको लघुवित्तको जगेडा कोष २४९.५७ प्रतिशत बढेको छ। समीक्षा अवधिमा लघुवित्तको सापटी १४४.२३ प्रतिशत, निक्षेप १७२.८२ प्रतिशत र कर्जा लगानी ११९.७५ प्रतिशत बढेको छ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ०.३२ प्रतिशत रहेको लघुवित्तको यस्तो कर्जा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर १.४९ प्रतिशत पुगेको छ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]