April 21st, 2021

ग्लोबल आइएमई र स्पर्स लघुवित्तको एकीकृत कारोबार शुरु

बैंकिङ खबर/ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले एकीकृत वित्तीय कारोबार शुभारम्भ गरेको छ । लमजुङ बेसीशहर ८, केन्द्रीय कार्यालय भई राष्ट्रियस्तर कार्यक्षेत्र भएको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले पोखरा –२६, कास्की केन्द्रीय कार्यालय भएको स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति पश्चात् केन्द्रीय कार्यालय पोखरा –२६, कास्कीबाट एकीकृत वित्तीय कारोबार शुभारम्भ गरेको हो ।

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि. संचालक समितिका अध्यक्ष बुद्धि अकेलाको अध्यक्षता र ग्लोबल आइएमई बैंक लि. का प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको संचालन वित्तीय संस्थाका नि. प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले गर्नुभएको थियो ।

उपस्थित सम्पूर्ण महानुभावहरुलाई संयुक्त प्राप्ति समितिका संयोजक एवं वित्तीय संस्थाका सञ्चालक रुपेन्द्र वाग्लेले स्वागत गर्नुभएको थियो ।
एकीकृत कारोबार पश्चात् वित्तीय संस्थाको कुल चुक्ता पूँजी ४३ करोड १७ लाख २० हजार ४ सय ११, कुलकर्जा लगानी ६ अर्ब १४ करोड ६३ लाख १० हजार, निक्षेप/बचत २ अर्ब ३ करोड ६९ लाख ४९ हजार ६ सय २० रहेको छ भने देशका विभिन्न ५१ जिल्लाका ९९ वटा शाखा कार्यालयहरुमार्फत वित्तीय सेवा प्रदान भइरहेका छन् । साथै, वित्तीय संस्थाको कुलग्राहक सदस्यहरु १,२३,४१३ जनारहेका छन् भने ६३,२९० जना ऋणी सदस्यहरुले विभिन्न शीर्षक अन्तर्गत कर्जा सुविधा उपभोग गरिरहेका छन् ।

 कार्यक्रमका प्रमुख अतिथि रत्नराज बज्राचार्यले लघुवित्त क्षेत्रमा डुप्लीकेसन समस्या रहेको र त्यसको निराकरणको उपाय मध्येको एक उपाय मर्जर तथा प्राप्तिले डुप्लीकेसनमा कमी हुने बताउनुभयो । सफल र सुदृढ संस्था हुन तथा नेपाल राष्ट्र बैंकको नीतिलाई पनि सहयोग पुग्ने बताउनुभयो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]