Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

खुल्यो पूर्णिमा विकास बैंकको १० लाख कित्ता हकप्रद, यसरी दिनुस् आवेदन

२०७३ भाद्र १ गते

purnima bikas bankपूर्णिमा विकास बैंक लिमिटेडले हाल कायम चुक्तापुँजीको ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद शेयर जारी गरेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरका १० लाख ८ हजार ५ सय ४३ कित्ता हकप्रद शेयर जारी गरेको हो । हाल बैंकको चुक्तापुँजी २० करोड १७ लाख रुपैयाँ रहेको छ । यो हकप्रद निष्काशन पश्चात चुक्तापूँजीमा दश करोड रुपैयाँ थपिनेछ । 

बुधबारदेखि खुलेको बैंकको हकप्रदमा आगामी असोज ४ गतेसम्म आवेदन दिन सकिने छ । बैंकले जारी गरेको हकप्रद शेयरमा गत श्रावण १९ गतेसम्म कायम बैंकका शेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन् । 

बैंकको शेयरको निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । लगानीकर्ताले पूर्णिमा विकास बैंकका सबै शाखाहरु, सिद्धार्थ क्यापिटल लिमिटेड र सिद्धार्थ बैंकका सबै शाखाहरुबाट आवेदन दिन सक्नेछन् ।