निर्धन उत्थान लघुवित्तद्वारा वित्तीय साक्षरता तालिम सम्पन्न

बैंकिङ खबर/काठमाडौं नक्सालमा केन्द्रीय कार्यालय रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ ।

संस्थाका आफ्ना ५७ जना ग्राहक सदस्यहरुको सहभागितामा धनुषाको महुवामा “ग्राहक सदस्यहरुको लागि वित्तीय साक्षरता तालिम” सम्पन्न गरेको संस्थाका यदुकाहा शाखा कार्यालयका प्रमुख विनोद रामले जानकारी दिनुभयो । ालिममा प्रशिक्षक अनिल कुमार झाले प्रशिक्षण दिनुभएको थियो ।
एक परिवारमा एक जना उद्यमी बनाउन संस्थाले पहल गरी रहेको, संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिई रहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत संस्थाका क्षेत्रीय प्रमुख/कार्यक्रम अधिकृत झाले बताएका बताउनुभयो ।
तालिममा सहभागीहरुलाई स्वागत गर्नुका साथै तालिमको उद्देश्य बारेमा संस्थाको धनुषा शाखा कार्यालयका प्रमुख विनोद रामले प्रकाश पार्नुभएको थियो ।

यस तालिममा ग्राहक सदस्यहरुले वित्तीय साक्षरता तालिम एक परिचय, वित्तीय साक्षरताको महत्व, उद्देश्य, वित्तीय लक्ष्य निर्धारण, बचत परिचालन, कर्जा ब्यवस्थापन तथा कर्जा सदुपयोगिता, वित्तीय अनुशासन, सेवा सुविधाको छनौट प्रक्रिया तथा आम्दानी खर्च, जोखिम ब्यवस्थापन, बिमा, विप्रेषण सेवा, ब्यवसायिक योजना, ब्यवसायिक योजना बनाउँदा ध्यान दिनु पर्ने कुराहरु, बचतको महत्व तथा बैंकको पब्लिक डिपोजिटको बारेमा, संस्थाले प्रदान गरी रहेका सेवाहरु घातक रोग, दैविक प्रकोप , सुत्केरी खर्च, छात्रावृत्ति आदि बारेमा जानकारी हासिल गरेको आदि बारेमा यस तालिममा सहभागीहरुले जानकारी हासिल गरेको धनुषा शाखाका शाखा प्रमुख विनोद राम ले बताउनुभयो ।


सोसिअल मेडिया