निर्धन उत्थान लघुवित्तद्वारा छात्रवृत्ति वितरण

बैंकिङ खबर/निर्धन उत्थान लघुवित्त शाखा कार्यालय, गल्छी, धादिङले डा. हरिहरदेव पन्त स्मृती छात्रवृति वितरण गरेको छ।  काठमाडौं नक्सालमा केन्द्रीय कार्यालय रहेको संस्थाले क्षेत्रिय कार्यालय काठमाडौं अन्तर्गत शाखा कार्यालय गल्छी, धादिङले माध्यामिक परीक्षामा शाखाका सदस्यहरुका छोराछोरीमध्ये सर्वोत्कृष्ट अंक प्राप्त गर्ने एक छात्रा र एक छात्रगरि दुईजना विद्यार्थीहरुलाई एक समारोहकाबीच छात्रवृत्ति प्रदान गरेको हो।

छात्रवृत्ति गजुरीमा संचालनमा रहेको गलौदी महिला समाज केन्द्रको सदस्य बिना दुराको छोरी रन्जिता दुरालाई र निलकण्ठ न.पा. मा संचालीत गोर्खालीटार महिला समाजको सदस्य देबकुमारी देबकोटा छोरा उमेश देबकोटालाई जनही रु.६ हजारका दरले रु.१२ हजार छात्रवृत्ति बितरण गरिएको हो।

छात्रवृत्ति रकम शाखाका प्रमुख बीरबहादुर लामा तामाङले वितरण गर्नुभएको थियो । वितरणको क्रममा संस्थाले प्रदान गर्ने सेवा सुविधाको वारेमा जानकारी गराउँदै हरेक शाखाअन्तर्गगतका ग्राहक सदस्यका छोराछोरीलाई छात्रवृत्ति प्रदान गर्ने गरेको जानकारी शाखाप्रमुख लामाले गराउनुभयो।


सोसिअल मेडिया