Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

मध्यभोटेकोशी जलविद्युतलाई आइपिओ निष्कासनको अनुमति

२०७८ बैशाख ७ गते


बैंकिङ खबर/मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट साधारण सेयर (आईपिओ) जारी गर्ने अनुमति पाएको छ ।
कम्पनीले १ अर्ब ५० करोड रूपैयाँ बराबरको १ करोड ५० लाख कित्ता कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि सेबोनमा निवेदन पेश गरेकोमा धितोपत्र बोर्डले वैशाख ५ गते आईपीओ निष्कासन गर्ने अनुमति प्रदान गरेको हो ।

कम्पनीले पहिलो चरणमा १० प्रतिशत दरको ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानिय बासिन्दाको लागि आइपिओ बिक्री गर्नेछ भने दोस्रो चरणमा १५ प्रतिशतका दरले ९० करोड रूपैयाँ बराबरको ९० लाख कित्ता सर्वसाधारणमा बिक्री गर्नेछ ।
कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

Ad