कालिका लघुवित्तको खुद नाफा बढ्यो


बैंकिङ खबर/कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा बढेको छ । संस्थाले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ६ करोड ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ हजार ३६४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४१ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानीसँगै उल्लेख्य खराब कर्जा उठाउन सफल भएसँगै लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ८९.१९ प्रतिशत बढेको छ। त्यसैगरी, गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६३ लाख ऋणात्मक रहेको लघुवित्तको सञ्चालन मुनाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ७२ लाख ८३ हजार रुपैयाँ धनात्मक भएको छ। चैत मसान्तसम्ममा लघुवित्तले ८ करोड ८१ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। जसका कारण लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार भएको हो।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी स्थिर रहेको छ भने जगेडा कोष २१.०३ प्रतिशत बढेको छ। तेस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले १ अर्ब ४१ करोड ६७ लाख रुपैयाँ सापटी र १ अर्ब २० करोड ३५ लाख रुपैयाँ निक्षेपबाट २ अर्ब ९९ करोड ४६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

 


सोसिअल मेडिया