Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

सिभिल लघुवित्त वित्तीय संस्थाको एकैसाथ थप ७ शाखा विस्तार

२०७८ बैशाख ५ गते


बैंकिङ खबर/सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी)ले थप ७ वटा शाखा कार्यालयहरु विस्तार गरेको छ । लघुवित्त वित्तीय संस्थाको न्यून उपस्थिति रहेका स्थानहरुलाई समेटी क्रमशःझापा जिल्लाको धाईजन, मोरङ्गको भाथि गछ, सुनसरीको भिमपुर, सप्तरीको बलुवा, चितवनको रत्ननगर, सिन्धुपाल्चोकको पाटी भञ्ज्याङ्ग र कपिलवस्तुको बहादुरगञ्जमा नयाँ शाखा कार्यालयहरु स्थापना गरेको छ ।

काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले यस अघि २९ जिल्लामा रहेको ५५ वटा शाखाहरुबाट सेवा प्रदान गर्दै आइरहेकोमा अब ६२ वटा शाखा कार्यालयहरुमार्फत लघुवित्तीय सेवाहरु प्रदान गर्नेछ ।

वित्तीय संस्थाले लघु उद्यम व्यवसाय सञ्चालन गराउन न्यून आय तथा विपन्न वर्गका व्यक्तिहरुलाई संस्थाको सदस्यता दिई विना धितो सामूहिक जमानीमा वा स्वीकारयोग्य धितोमा साथै समूहमा आवद्ध हुनन सकेका व्यक्तिहरुलाई समेत स्वीकार योग्य धितो लिई सरल तरिकाबाट वित्तीय पहुँच पुर्याउँदै आइरहेको छ । साथै, संस्थाले लघु बचत, लघु वीमा, विप्रेषण सेवाहरु उपलब्ध गराउँदै स्वास्थ्य, शिक्षा तथा वित्तीय साक्षरता जस्ता गैर वित्तीय सेवाहरुसमेत उपलव्ध गराउँदै आइरहेको छ । वित्तीय संस्थामा हाल करिव ४७ हजार सदस्यहरु आवद्ध रहेका छन् भने लगानीमा रहिरहेको कर्जा रकम रु. २ अर्व २१ करोड रहेको छ ।