Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

८० करोड चुक्तापुँजी पुर्याउनेमा पहिलो बन्दै आइसीएफसी फाइनान्स

२०७३ श्रावण ३२ गते
सेयर:

icfcनेपाल राष्ट्र बैंकले तोकेबमोजिम चुक्तापुँजी ८० करोड पुर्याउनेमा आइसीएफसी फाइनान्स पहिलो हुने भएको छ । कम्पनीले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई बोनस बितरण गर्ने प्रस्ताव गरेको छ । हाल ६८ करोड ५२ लाख ८५ हजार रुपैंया चुक्ता पूँजी रहेको फाइनान्सको यो बोनर शेयर वितरणपछि चुक्तापुँजी ८० करोड नाघ्नेछ । 

फाइनान्स सञ्चालक समितिको मंगलबार बसेको १ सय ९० औं बैठकले शेयरधनीहरुलाई १७ प्रतिशत बोनस तथा शुन्य दशमलव ८९ प्रतिशत नगद लाभांस बितरणको प्रस्ताव गरेको छ । राष्ट्र बैंकबाट लाभांस प्रस्ताव पारित भएर आए पछि फाइनान्सको साधारण सभाले उक्त प्रस्ताव पारित गरे पछि लगानीकर्ताले बोनस पाउने छन् ।