आरम्भ चौतारी लघुवित्तको अध्यक्षमा पुनः पोखरेल चयन


बैंकिङ खबर/बनेपा काभ्रेपलाञ्चोकमा केन्द्रीय कार्यालय रहेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको सम्पन्न भएको छ । पाँचौें वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/०७७ सम्मको संचित मुनाफाबाट चुक्ता पूंजी रु. २६,३४,४८,००० को ८.८५ प्रतिशतले हुुनआउने रु. २ करोड ३३ लाख १५ हजार १४८ बराबरको बोनस शेयर वितरण गर्न स्विकृती प्रदान गरेको छ ।

साथै साधारण सभाले संचालक स्तरिय मर्जर समितिको सिफारिस बमोजिम संचालक समितिले प्रस्ताव गरे अनुसार बागमती प्रदेश कार्यक्षेत्र भई बनेपा न.पा. वडा नं. ८ मा केन्द्रीय कार्यालय रहेको बिपिडब्लुु लघुवित्त वित्तीय संस्था लिमिटेड र लुुम्बिनी प्रदेश कार्यक्षेत्र भई बुुटवल उपमहानगरपालिका वडा नं. ४ मा केन्द्रीय कार्यालय रहेको देउराली लघुवित्त वित्तीय संस्था लिमिटेड लाई शेयर आदानप्रदान अनुुपात १००ः९५ः९५ हुने गरी प्राप्तिगर्ने सम्बन्धी सम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ ।

सो प्राप्तीपश्चात यस वित्तीय संस्थाको शेयर स्वामित्व अनुपात ६३.६५ प्रतिशत(संस्थापक) र ३६.३५ प्रतिशत (सर्वसाधारण) रहेकोमा बिपिडब्लुु लघुुवित्त वित्तीय संस्था र देउराली लघुुवित्त वित्तीय संस्थालाई प्राप्ती पश्चात बन्ने “आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड” को शेयर स्वामित्व अनुपात ६८.३० प्रतिशत (संस्थापक) र ३१.३० प्रतिशत (सर्वसाधारण) रहने प्रस्तावसमेत पारित पारित भएको छ ।

यसै गरी यस साधारण सभाले भविष्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ती/समाहित हुने प्रयोजनका लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचानगर्न, सहमतीपत्रमा हस्ताक्षर गर्ने सो को आधारमा सैद्धान्तिक स्वीकृतिकालागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति तथा दायित्वको मूल्यांकन गर्न परामर्शदाता, मूल्यांकनकर्ता, लेखापरिक्षक नियुक्तगर्ने र निजको पारिश्रमिक तोक्ने र अन्य वित्तीय संस्थाहरुको शाखाहरु खरिद तथाप्राप्तीगर्ने लगायतका कार्यसंग सम्बन्धित आवश्यक कार्यहरु गर्नका लागि संचालक समितिलाई अख्तियारी समेत प्रदान गरेको छ ।

 संस्थापक समूह क बाट प्रतिनिधित्वहुने संचालक संख्या ४ र सर्वसाधारण समूह ख बाट प्रतिनिधित्वहुने गरी संचालक संख्या २ को पदावधी समाप्त भएकोले निर्वाचन अधिकृतको रुपमा नियुक्त हुनु भएका अधिवक्ता भक्तिराम घिमिरेले निर्बिरोध निर्वाचन सम्पन्नभएको घोषण गर्नुभयो । त्यस अनुसार संस्थापक समूह क बाट जगत बहादुर पोखरेल, दिपक तिवारी, पुष्पराज ढकाल, सन्तोष पोखरेल हुनुहुन्छ भने सर्वसाधारण समूह ख बाट केशवराज पन्थी र विमल आचार्यले प्रतिनिधित्व गर्नुभएको छ ।
त्यसपछि तत्कालै बसेको नवनियुक्त संचालकहरुको बैठकले संचालक दिपक तिवारीले गर्नु भएको प्रस्तावमा जगतबहादुर पोखरेललाई पुनः संचालक समितिको अध्यक्षमा चयन गरेको छ ।


सोसिअल मेडिया