April 13th, 2021

नयाँ रेकर्ड बनाएर गर्‍यो नेप्सेले वर्ष २०७७ को बिदाइ


बैंकिङ खबर/ २०७७ को अन्तिम दिन मंगलबार शेयर बजार मापक नेप्से सूचकले नयाँ रेकर्ड बनाएर यस वर्षलाई बिदाई गरेको छ। मंगलबार नेप्से सूचक २३.२३ अंकले बढेर २७१४.७९ विन्दुमा पुगेको हो। यो नेप्सेले कायम गरेको अहिलेसम्मकै उच्च विन्दु हो।
मंगलबार कारोबार रकम पनि उच्च नै रहेको छ। मंगलबार २०९ वटा कम्पनीको १ करोड ४६ लाख ९१ हजार ६४३ कित्ता शेयर ७ अर्ब १४ करोड ३१ लाख ५१ हजार रुपैयाँमा खरिदबिक्री भएको छ।

विकास बैंक र वाणिज्य बैंकहरुमा लगानीकर्ताको बढी आकर्षण देखिएको छ। विकास बैंक उपसमूहको सूचक सबैभन्दा धेरै ३.४१ अंकले बढेको छ भने बैंकिङ्ग उपसमूहको सूचक पनि २.३ प्रतिशतले बढेको छ। हकप्रदको हल्लाका कारण विकास बैंकका शेयरहरूको मूल्य बढेको हो।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]