
बैंकिङ खबर/ निर्धन उत्थान लघुवित्त शाखा कार्यालय माडी चितवनले डा.हरिहरदेव पन्त स्मृती छात्रवृति वितरण गरेको छ ।
काठमाडौं नक्सालमा केन्द्रीय कार्यालय रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड क्षेत्रीय कार्यालय भरतपुर अन्तर्गत शाखा कार्यालय माडी चितवनले २०७६ सालको माध्यामिक परीक्षामा शाखाका सदस्यहरुका छोराछोरी मध्ये सर्वोत्कृष्ट अंक प्राप्त गर्ने एक छात्रा र एक छात्र गरि दुई जना विद्यार्थीहरुलाई एक समारोहकाबीच छात्रवृत्ति प्रदान गरेको हो ।
छात्रवृत्ति स्याउलीवासमा संचालनमा रहेको स्याउलीबास महिला केन्द्रको सदस्य नरमाया तामाङको छोरा विकास तामाङलाई र प’रानो खैरेनी गांउमा संचालनमा रहेको खैरेनी महिला केन्द्रको सदस्य यसरामिया चौधरीको छोरीसंगिता महतोलाई जनही रु.६ हजारको दरले रु.१२ हजार अक्षेरुपि बारह हजार छात्रवृत्ति वितरण गरिएको हो । छात्रवृत्ति रकम कलक राज वनले वितरण गर्नुभएको थियो ।
वितरणको क्रममा संस्थाले प्रदान गर्ने सेवा सुविधाको वारेमा जानकारी गराउँदै हरेक शाखा अन्तर्गगतका ग्राहक सदस्यका छोराछोरीलाई छात्रवृत्ति प्रदान गर्ने गरेको जानकारी शाखा प्रमुख कलक राज वनले गराउनुभयो ।