April 13th, 2021

सिआरआर अर्थात् क्यास रिसर्भ रेसियो के हो ?

बैंकिङ खबर । सिआरआर (क्यास रिसर्भ रेसियो) वा अनिवार्य नगद अनुपात भन्नाले बैंक तथा वित्तीय संस्थालाई केन्द्रीय बैंकले आफ्नो कुल निक्षेपको निश्चित प्रतिशत रकम केन्द्रीय बैंक स्थित खातामा राख्ने व्यवस्थालाई बुझाउँछ । हाल नेपाल राष्ट्र बैंकले सो व्यवस्था ४ प्रतिशत कायम गरेको ५ र यस्तो रकममा कुनै ब्याज प्रदान गरिँदैन ।

यो सिआरआरसम्बन्धी व्यवस्था संसारका धेरैजसो केन्द्रीय बैंकले गरेका छन् र यसमार्फत बैंकिङ क्षेत्रमा तरलता तथा ब्याजदर नियन्त्रणको प्रयास केन्द्रीय बैंकले गर्छ । अनिवार्य नगदअनुपात बैंक तथावित्तीय संस्थाले साप्ताहिक औसत निक्षेपका आधारमा तत्पश्चात्को हप्ताको अन्तरालमा आउने दिनदेखि १४औं दिनमा कायम गर्नुपर्छ । यसरी कायम भएको अनिवार्य नगद मौज्दात औसत रूपमा गरिन्छ तथापि यस्तो रकमा दैनिक रूपमा ८० प्रतिशत भने नघट्ने गरी कायम गर्नुपर्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]