April 12th, 2021

नेप्से नयाँ उचाईमा, यी कम्पनीले कमाए सबैभन्दा बढी

बैंकिङ खबर/  नेप्से परिसूचक १७.२० अंकले बढेर हालसम्मकै सबैभन्दा उच्च विन्दु २६९१.५६ अंकमा पुगेको छ । सोमबार १२५ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै २३ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

आज विभिन्न कम्पनीको १ करोड ३८ लाख २१ हजार ५७३ कित्ता सेयर ७ अर्ब ६१ करोड ८ लाख २८ हजार ४९ रुपैयाँ ७२ पैसामा कारोबार भएको छ ।

यो दिन सबैभन्दा बढी कमाउने शीर्ष कम्पनीमा एनआइसी एसिया लघुवित्त, महिला लघुवित्त, छ्याङदी हाइड्रोपावर, ज्योति लाइफ इन्स्योरेन्स र सिन्धु विकास बैंक छन् । सबैभन्दा बढी गुमाउने शीर्ष कम्पनीमा सानजेन जलविद्युत्, हिमाल दोलखा हाइड्रोपावर, यूनाइटेड मोदी हाइड्रोपावर, युनिभर्सल पावर र रसुवागढी हाइड्रोपावर कम्पनी छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]