Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

निर्धन उत्थान लघुवित्तद्वारा डा.हरिहरदेव पन्त स्मृती छात्रवृति वितरण

२०७७ चैत्र २९ गते

 
बैंकिङ खबर/काठमाडौं नक्सालमा केन्द्रीय कार्यालय रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड क्षेत्रीय कार्यालय अन्र्तगत शाखा कार्यालय कोहलपुरले दुई विद्यार्थीहरुलाई डा.हरिहरदेव पन्त स्मृती छात्रवृत्ति प्रदान गरेको छ ।
२०७७ सालको माध्यमिक परीक्षामा शाखाका सदस्यहरुका छोराछोरी मध्ये सर्वोत्कृष्ट अंक प्राप्त गर्ने एक छात्रा र एक छात्र गरी दुई जनालाई छात्रवृत्ति प्रदान गरेको हो ।
छात्रवृत्ति संचालन रहेको ओभरी ग केन्द्रको सदस्य दुर्गा बुढा मगरको छोरी सुमिक्षा बुढामगरलाई र बैजनाथ १ चिसापानी गांउमा संचालनमा रहेको चिसापानी घ केन्द्रको सदस्य चौदशी सार्कीको छोरा सुरेश सार्कीलाई जनही ६ हजारको दरले रु.१२ हजार छात्रवृत्ति वितरण गरिएको हो । छात्रवृत्ति रकम राप्ती सोनारी ८ का वडा अध्यक्ष खुम बहादुर बस्नेत र बैजनाथ १ चिसापानी को वडा सदस्य काली कोइला बुढाबाट वितरण गरिएको थियो ।


वितरणको क्रममा संस्थाले प्रदान गर्ने सेवा सुविधाको वारेमा जानकारी गराउँदै हरेक शाखा अन्तरगतका ग्राहक सदस्यका छोराछोरीलाई छात्रवृत्ति प्रदान गर्ने गरेको शाखा प्रमुख पुष्पा कुमारी सुबेदीले जानकारी गराउनुभयो ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था देशको ७७ वटै जिल्लाहरुमा शाखा संञ्जाल रहेको नेपालको एक मात्र लघुवित्त संस्था हो । संस्थाले १८१ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९२ वटा कार्यालयहरुको स्थापना गरी लघुवित्त सेवा प्रदान गरिरहेकोे छ ।