April 11th, 2021

नेपाल राष्ट्र बैंकले साेमबार १० अर्बको ट्रेजरी बिल बिक्री गर्दै


बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले रु. १० अर्ब २५ करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना मार्फत सोमबार उक्त परिमाणको ट्रेजरी बिल विक्री गर्न लागिएको जनाएको छ ।

त्यसमा रु.आठ अर्ब बराबरको ट्रेजरी बिल भने ९१ दिने अवधिको रहेको छ । सो बिल आगामी असार २९ गते परिपक्व हुनेछ । यस्तै रु.दुई अर्ब २५ करोडको ट्रेजरी बिल भने १८२ दिनका लागि हो । सो बिल भने आगामी असोज २६ गते परिपक्व हुनेछ । बैंकले यसअघि यही चैत २३ गतेसमेत रु.२१ अर्ब १० करोड बराबरको ट्रेजरी बिल विक्री गरेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]