२०७३ श्रावण ३२ गते

एभरेष्ट फाइनान्सका लगानीकर्तालाई १४.५ प्रतिशत बोनस शेयर

everestएभरेष्ट फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीलाई १४ दशमलव ५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समितिको बैठकले १४ दशमलव ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि १० लाख ४९ हजार रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो । बैठकको उक्त निर्णयलाई राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण गरिने कम्पनीले जनाएको छ । हाल कम्पनीको चुक्ता पूँजी १३ करोड ७५ लाख रुपैयाँ रहेको छ ।