April 9th, 2021

जनउत्थानको ११ औँ वार्षिकोत्सव: विभिन्न कार्यक्रम आयोजना


बैंकिङ खबर/जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ औँ वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

वार्षिकोत्सव समारोहलाई शुक्रबार एक कार्यक्रमकाबीच संस्थाका अध्यक्ष बाबुराम विश्वकर्माले केक काटी उद्घाटन गर्नुभएको थियो । उहाँले ११ औं वर्ष सम्मको निरन्तर यात्रामा विभिन्न चुनौती, आरोह अवरोहहरुका बीच पनि संस्थाको सफल सञ्चालन, संस्थाको उद्देश्य पूरा गर्न र संस्थाको सेवालाई प्रभावकारी बनाउन, गरिवी घटाउन, आयस्तर बढाउन, सीपको परिचालनबाट जीवनस्तर उकास्नुका साथै सामाजिक रुपान्तरणमा अमूल्य योगदान पु¥याउने कार्यमा संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो ।

साथै, संस्थाले गर्ने कार्य सम्पादनमा नेपाल राष्ट्र बैंक लगायत विभिन्न नियमनकारी निकायहरु, सञ्चालक समितिका सदस्यहरु, संस्थापक तथा सर्वसाधारण शेयरधनी महानुभावहरु, शुभेच्छुक, सम्पूर्ण कर्मचारीहरु, संस्था प्रति विश्वसनीयता दर्शाई साझेदारी गर्नु हुने विभिन्न बैंक तथा वित्तीय संस्थाहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संस्थाहरु, संस्थाको सेवालाई उपभोग गरी संस्थालाई सफल ढङ्गबाट अगाडी बढाउन सहयोग पु¥याउने संस्थामा आवद्ध बैंकिङ्ग समुदाय सदस्यहरुप्रति उहाँले हार्दिक धन्यवादसहित आभार प्रकट गर्नु भयो ।
उक्त कार्यक्रममा संस्थाका सञ्चालक समितिका सदस्य रेवन्त बहादुर विश्वकर्माले स्वागत राख्नुभएको थियो भने सञ्चालक, संस्थापकहरु, कर्मचारीहरु, विभिन्न समुहमा आवद्ध समुह सदस्यहरु र भर्चुअल माध्यमबाट संस्थापकहरु तथा विभिन्न शाखाका कर्मचारीहरुको पनि सहभागिता रहेको थियो । उक्त कार्यक्रममा उत्कृष्ट बैंकिङ्ग समुदाय र उत्कृष्ट शाखालाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो ।

११ औं वार्षिकोत्सवको सन्दर्भमा चैत्र २६, २७ र २८ गते ३ दिन संस्थाका ३९ वटै शाखा कार्यालयहरु मार्फत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक क्रियाकलापहरुहरु अपाङ्गता भएका छात्र, छात्राहरु, जेहन्दार तथा गरीव बालबालिकाहरुको गुणस्तरीय शिक्षाका लागि शैक्षिक सामाग्री वितरण, दृष्टि विहीन, अपाङ्ग, जेष्ठ नागरिकहरुलाई सम्मान, अनाथ आश्रम तथा वृद्धा आश्राममा जिन्सी तथा खाद्यन्न सामाग्री वितरण, रक्तदान कार्यक्रम, लागु औषत सम्बन्धि सचेतना मूलक कार्यक्रम, सरसफाई तथा डस्टविन वितरण कार्यक्रम, अस्पताल भर्ना भएका विरामीहरुलाई फलफुल वितरण, हाजिरी जवाफ प्रतियोगिता, ट्राफिक कार्यालयहरुलाई ट्राफिक नियमहरु उल्लेखित साइन बोर्डहरु हस्तान्तरण, मन्दिरमा भएका मूर्ति संरक्षण लगायतका थुप्रै कार्यक्रमहरु आयोजना गरिँदैछ । यस्तै सम्पूर्ण शाखा कार्यालयहरुबाट एकै साथ केक काटी ११ औं वार्षिकोत्सव भव्य, सभ्य र सृर्जनात्मक कार्यहरु गरी मनाइएको जानकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेलले जानकारी गराउनुभयो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]