Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

वोमी लघुवित्तका अध्यक्ष ढकालद्वारा सपथ ग्रहण

२०७७ चैत्र २७ गते


बैंकिङ खबर/वोमी लघुवित्त वित्तीय संस्थाका अध्यक्ष बिन्दीया श्रेष्ठ प्रधानले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । अध्यक्ष प्रधानलाई नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देब कुमार ढकालले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको हो ।
साविक वोमी लघुवित्त वित्तीय संस्था तथा ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिए पश्चातको संस्थाको अध्यक्षमा प्रधान सर्वसम्मत चयन हुनुभएका हो ।
नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालयमा भएको उक्त सपथ ग्रहण कार्यक्रममा केन्द्रीय बैंकका अन्य अधिकृत तथा वोमी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत समेतको उपस्थिति रहेको थियो ।
दुई संस्था मर्जर पश्चात् २०७७ चैत्र ३ गते देखि एकीकृत वित्तीय कारोवार शुरु भइसकेको छ ।