April 9th, 2021

सिंगटी हाइड्रोपावरको आइपिओ बाँडफाँट


बैंकिङ खबर/सिंगटी हाइड्रोपावरको आइपिओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा शुक्रबार बिहान ११ आइपिओ बाँडफाँड भएको हो।
कम्पनीको आइपिओमा १५ लाख ६५ हजार ५३० आवेदकबाट शेयर माग भएको थियो । सोमध्ये १५ लाख ५९ हजार ८०२ वटा योग्य आवेदन परेको छ भने ५ हजार ७ सय २८ जनाको आवेदन रद्द भएको मेघा क्यापिटलले जनाएको छ ।

योग्य आवेदकमध्ये २ लाख ६९ हजार ७०० जनाले मात्रै न्युनतम १० कित्ताका दरले शेयर पाएका छन् । १२ लाख ९० हजार १०२ जनाको हाल खाली भएको छ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]