April 8th, 2021

सिंगटी हाइड्रोको आइपिओ शुक्रबार बाँडफाँड


बैंकिङ खबर/सिंगटी हाइड्रोपावरको प्राथमिक सेयर (आइपिओ) शुक्रबार बाँडफाँड हुने भएको छ। बिक्री प्रवन्धक मेगा क्यापिटलका अनुसार कम्पनीको आइपिओ शुक्रबार बाँडफाँड गर्न लागिएको हो । कम्पनीले कर्मचारी तथा सामुहिक लगानी कोषका लागि छुट्याएपछि कुल २६ लाख ९७ हजार कित्ता सेयर सर्वसाधारणका लागि आवेदन खोलेको थियो।

२ लाख ६९ हजार ७ सय जनाले १० कित्ताका दरले सेयर पाउने छन्। १६ लाख २३ हजारले आवेदन दिएका थिए। साढे १३ लाखको हात रित्तो हुनेछ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]