
बैंकिङ खबर/घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय आदर्शकोतवाल, बाराले बिमा दावी रकम भुक्तानी गरेको छ । रौतहट जिल्ला मौलापर नगरपालिका वडा नं. ०९ सोनरनिया का केन्द्र नं. २९ कि सदस्य मिना देवीको मृत्यु पश्चात निजका श्रीमान नागेन्द्र महरालाई बिमाको क्षतिपुर्ति रकम उपलब्ध गराइएको हो ।
सदस्य मिना देवीले संस्थाबाट रु.१,००,००० कर्जा लिएकोमा निज सदस्यको मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरि कर्जा बिमा अन्तर्गत सदस्यको मृत्यू पश्चात दिइने काजक्रिया खर्च रु. १०,००० बराबरको काजक्रिया खर्च रकम संस्थाका शाखा प्रबन्धक कुनदन प्रसाद कुशवाहाद्घारा निज मृतक सदस्यका श्रीमान नागेन्द्र महरालाई एकमुष्ट भुक्तानी गरिएको छ ।
संस्थाले आफ्ना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनुरुप आवश्यकता अनुसार बिभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ ।


