Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

ज्योति लाइफ इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत

२०७७ चैत्र २४ गते


बैंकिङ खबर/ज्योति लाइफ इन्स्योरेन्सको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीले सार्वसाधारणलाई निष्काशन गरेको ६६ लाख कित्तासहित २ करोड २० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेले सूचीकरण सम्झौता भएको दोस्रो दिनबाट कम्पनीको शेयर कारोबारमा आउने जनाएको छ । त्यस अनुसार बुधबार देखि कम्पनीको शेयर कारोबारमा आउनेछ । कम्पनीको पहिलो कारोबारको लागि नेप्सेमा १२० रुपैयाँ २९ पैसा देखि ३६० रपैयाँ ८७ पैसा ओपनिङ्ग रेन्ज तोकिएको छ ।

Ad